करियरको सफलतामा सहि कोचको महत्व

by Anuj Bhai May 28, 2021

एक जना प्रभावशाली उत्प्रेरक व्यक्तित्व तथा लेखक टोनी रबिन्स ले भनेका छन् “यदि तिमी सफल हुन चाहान्छौ भने, त्यस्तो व्यक्ति पत्ता लगाउ जसले सफलता हासिल गरिसकेको छ जुन तपाई पनि हासिल गर्न चाहानुहुन्छ र उनले गर्ने हरेक गतिविधि अनुशरण गर र तिमी पनि उहि सफलता हासिल गर्न सक्नेछौ ।” 

यो भनाईले मलाई सदैब नयाँ कुरा सिक्न र त्यस्तो व्यक्तित्वको खोजि गर्न उत्प्रेरित गरिरहन्छ । 

मैले विगतमा आफ्नो ७ बर्ष गुमाएको कुरामा कहिले काहि अति नै दुःख र पश्चाताप लाग्छ । त्यो समयमा मैले बिना असल शिक्षक बिना नै आफ्नो करियर अघि बढाइरहेको थिए । जसमा कुनै लक्ष्य पनि तय गरिएको थिएन । 

मैले आफ्नो इन्टरनेट करियर सन् २००९ मा सुरु गरेको हो । कसैले मलाई सिकाएका थिए, ब्लग क्रेट गर्न, गुगलबाट केहि लेखहरु कपि गरेर पेष्ट गर्न र केहि दिनमा एडसेन्सको एकाउण्ट एप्लाई गरि ब्लग मनिटाइज गर्न सिकाएका थिए । इमान्दारीताका साथ भन्ने हो भने मेरो ब्लग एडसेन्सबाट एप्रुभ भएको थियो । 

अनि फेरी कसैले मलाई सुझाए कि ब्लगको लिन्क अरु साथीहरुलाई याहू म्यासेन्जरबाट साटासाट गर्ने, उहाँलाई ब्लग लिन्क, आर्टिकल खोलेर भिजिट  गर्ने लगायत कामहरु ग्रियो । 

उहाँहरुको सुझावलाई मैले लिए । मेरो एडसेन्स एकाउन्टमा केहि पैसाहरु पनि देखे । खुशीको सीमा रहेन । 

एक दिन मेरो एडसेन्स एकाउण्टमा ९८.१८ अमेरिकन डलर देखाइरहेको थियो । म १०० डलर कहिले होला भनेर निकै पर्खाईमा थिए । किनभने एडसेन्सको १०० डलर पुगेपछि मात्र झिक्न मिल्ने । मैले केहि साथीहरुलाई भने कि मेरो साइटमा गएर भिजिट गर्दिनु अनि एड्मा नि क्लिक गरिदिनु भनेर अनुरोध गरे । 

अर्को दिन जब एकाउण्ट चेक गरे, त्यो मेरो सोचभन्दा नि निकै बाहिर थियो । सबैभन्दा खराब दिन थियो । मेरो सबै सपनाहरु खतम भयो । किनभने मेरो सबै एकाउण्टहरु डिसेबल भएको थियो । मैले कस्तो महशुष गरेको थिए त्यो समय, त्यो म अभिव्यक्त गर्न सक्दिन । 

त्यसपछि मैले एडसेन्समा काम गर्न कहिल्यै पनि प्रयाश गरिन । तर महत्वपुर्ण कुरा भनेको चाहि मैले त्यहाँबाट निकै राम्रो अनुभव हासिल गरे । म कसरी असफल भए त भन्ने राम्रो कुरा त्यहि बाट सिके । 

एडसेन्समा मात्र म असफल भइन । जीवनको अनिगिन्ती प्रयाशहरुमा म कैयौ पटक असफल भइरहे । मैले कुनै पनि प्रोजेक्ट थालनी गरिरहदा जुन उत्साह हुन्थ्यो, त्यो कालान्तरमा कहि न कहि गएर असफल भइरहन्थ्यो । जसबाट मेरो उत्साह कैयौपटक विलिन भइरहन्थ्यो । 

आज म इन्टरनेटको दुनियाँबाट ११/१२ बर्ष पछि पनि निरन्तर काम गरिरहेको छु र म निर्धक्क साथ भन्न सक्छु कि जुन बेला काम सुरु गरेको थिए त्यो समय राम्रो सिकाउने कुनै कोच भेटेको भए सायद म निकै अघि बढिसक्थे होला । 

सायद एडसेन्सको बिषयमा राम्रो सिकाउने मान्छे भेटेको भए १०० डलर पनि कमाउन सक्थे । तर दुःखद कुरा एडसेन्स बाट कमाउने मान्छे त्यो समयमा मैले खाँसै कोहि भेटिन । मेरो भन्नुको तात्पर्य यो पनि हैन कि एडसेन्सबाट कमाउने मान्छे कोहि थिएन भनेर । सायद त्यो बेला नि धेरै नै थिए होलान् जसले निकै राम्रो आम्दानी गर्र्थे एडसेन्सबाट । तर समस्या यो थियो कि कसैले पनि त्यो तरिका, शैली सिकाउन सक्दैनथ्यो । 

अन्त्यमा म यहि भन्न चाहान्छु कि यदि तपाई आफ्नो कुनै पनि करियरमा सफलता हासिल गर्न चाहानुहुन्छ अघि बढ्न चाहानुहुन्छ भने त्यस्तो व्यक्तिको खोजि गर्नुहोस् जो तपाईले चाहेको क्षेत्रमा सफलता हासिल गरिसकेको छ । जुन व्यक्तिबाट तपाई असल तरिकाले सिक्न सक्नुहुनेछ । मैले जस्तो लामो बर्षहरु खेर नफाल्नुहोस् । 

मैले पछिल्लो समयमा इन्टरनेट मार्केटिङ बिषयको आधारभूत कुरा केहि नेपाली यूवाहरुलाई सिकाउने मौका पाएको छु । मैले सिकाएको केहि समयभित्र नै उनिहरुले निकै राम्रो आम्दानी गर्न सफल रहे । उनिहरुलाई त्यो ७ बर्ष पर्खिरहन परेन जुन मैले कुरेर बस्नु प¥यो । 

त्यसकारण आफ्नो समय खेर नफाल्नुहोस् । सहि कोचको खोजि गर्नुहोस् । अनुसरण गर्नुहोस् र सफलता हासिल गर्नुहोस् । 

सफलताको शुभेच्छा छ । 

Social Shares
Anuj Bhai
Anuj Bhai

अनुज भाई सामान्य इन्टरनेटमा काम गर्ने एक मजदुर हुन् । उनी आफुले भोगेका अनुभूतिलाई अरुसंग साट्न मन पराउँछन् । आफुले पाएको सफलताको सानो कहानी आफु जस्तै इच्छुक व्यक्तिलाई सिकाउनमा विशेष चासो दिन्छ । सन् २००९ तिर बाटै इन्टरनेटमा काम गर्ने रहर पलाए पनि उनको सफलता भने सन् २०१६ पछि मात्रै प्राप्त भयो । २०१६ पछि उनी अधिकांश समय आफ्नै घरमा बिताउछन् र निरन्तर इन्टरनेटमै नयाँ शैलीको काम गर्दै रमाउँछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *