नयाँ कुराको आशा गरौं

ब्लग मार्फत धेरै कुराहरु सेयर गर्न मन लाग्छ । हुन त मान्छे म पनि जीवनमा कैयौंपटक निरासाको कुरा पनि आउँछ । तर निराशावादी कुराहरु त्यति मलाई सेयर गर्न मन लाग्दैन । सकेसम्म आशा र भरोसाको कुरा गर्न मन पर्छ ।
anujbhai डटकम ले विगत केही समयदेखि विभिन्न किसिमको सिपमुलक तालिमहरु अनलाइनको माध्यमबाट उपलब्ध गराउँदै आएको छ । हाम्रो उद्देश्य युवा वर्गहरुलाई सृजनात्मक सिपमुलक तालिमहरु उपलब्ध गराउँदै कसरिआफ्नो उत्पादनशील समयलाई उत्पादनमुखी बनाउन सकिएला भन्ने हिसाबमा प्रविधिसँग सम्बन्धित विशेषगरी इन्टरनेटसँग सम्बन्धित अवसरका बारेमा अध्ययन गर्दै र अभ्यास गर्दै तालिमहरु दिने प्रयत्न गरिएको छ ।
इस्वी संवत 2019 अगस्ट महिनाबाट anujbhai.com नाम दिएर Internet marketing संग सम्बन्धित विभिन्न विषयमा विशेषगरी facebook marketing, youtube video marketing, blogging, ecommerce लगायत social media marketing संग सम्बन्धित तालिमहरु उपलब्ध गराई सकेसम्म धेरै युवाको माझमा स्वरोजगार उत्पन्न भइरहोस् भन्ने उद्देश्यले यो कार्यक्रम यहाँको सामु ल्याइएको हो ।
पहिलो वर्ष पूरा भएर दोस्रो वर्षमा प्रवेश गरिरहेको उपलक्ष्यमा यो कार्यक्रममा हामीले केही थप परिमार्जन स्वरुप नयाँ शैलीमा तालिमलाई अगाडि बढाउने प्रयत्न गर्दै छौं ।
पहिलो वर्षको कार्यक्रममा तपाईले धेरैभन्दा धेरै सल्लाह सुझाव सहित हाम्रो तालिम किनेर हौसला पनि बधाई दिनुभएको छ । तपाईंहरूको हौसला सबैभन्दा मेरोलागि र विशेषगरी हाम्रो टिमको लागि निकै ठूलो मार्गदर्शक बनेको हामीले अनुभूत गरेका छौं । त्यसकारणले अबको दोस्रो वर्षमा हामीले एकदमै फरक र सहरी अपनाएर यो तालिम पाएको माझमा लिइरहेका छौं ।
अब केहि समय भित्र नै हामी यो तालिम पाएको माझमा ल्याएर यहाँहरुलाई अझ उत्कृष्ट सेवा दिने हामी प्रतिबद्धता व्यक्त गर्दछौं ।
त्यतिन्जलसम्म, तपाईंहरूले हामीलाई उपलब्ध गर्ने केही निःशुल्क तालिम हरु लिएर पनि यो तालिम कस्तो हो भन्ने कुरा महसुस गर्न सक्नुहुनेछ ।
निःशुल्क तालिमको लागि तलको भिडियो हेरेर एकाउन्ट बनाउन सक्नुहुनेछ ।
Popular Posts