बिजनेश गर्नेले यति कुरा ध्यान दिनुस्

by Anuj Bhai September 11, 2020

जोसुकै व्यवसायीले पनि व्यवसाय सुरु गर्नुभन्दा अघि व्यवसायको विभिन्न पक्षहरुको अध्ययन गर्नु अति नै जरुरी रहन्छ । किनभने साधारणतय मैले बजारमा यसो हेर्दा प्राय महशुस गर्ने गरेको एउटा कुरा के हो भने कोहि एकजना व्यक्तिले कुनै ठाउँमा कफिशप वा अन्य कुनै व्यवसाय राम्ररी चलाईरहेको हुन्छ । र अर्को एकजना कोहि व्यक्ति छ जो कुनै पनि व्यवसाय सुरुवात गर्ने तरखरमा रहेको छ । उसले धेरै बिचार गरिरहेको हुन्छ कि मैले के व्यवसाय सुरु गर्दा राम्रो होला ?यो होला कि, त्यो होला कि……..अनेक सोच्छ ।

मन त्यसै दोधारमा अल्झिरहेको हुन्छ । यसरि समय त्यतिकै बित्दै जान्छ । र अन्त्यमा उसले वरिपरि हेर्छ । यसो हेर्दा त्यो व्यक्तिले कफिशप मजाले चलाईरहेको देख्छ । पसलमा मान्छेको आवतजावत राम्रै देखिन्छ । चहलपहल, भिडभाड पनि उत्तिकै छ । यो सबै देखेर कफि शप यो ठाउँमा निक्कै राम्रो चल्ने रहेछ ठानेर आफुले त्यहिं कतै वरिपरी उस्तै कफिशप वा रेष्टुरेण्ट व्यवसायको सुरुवात गर्न पुग्छ । तर जब दोश्रो व्यक्तिले पनि उहि ठाउँमा उस्तै व्यवसाय सञ्चालन गर्न थाल्दछ, पहिलेको तुलनामा अघिको सपमा होस् वा नयाँ शप दुवैमा व्यापार कम हुन्छ । किनभने, पहिलो कुरा त ति दुई बिच आफसी प्रतिस्पर्धाको सुरुवात हुन्छ । र अर्को कुरा त्यहाँ हुने उत्कृष्टतामा पनि कमि आउन थाल्दछ । त्यसैले यस्ता सानो व्यवसाय वा सानोतिनो उद्यमहरु नै किन नहोस् सिधा सोच बिचारले सञ्चालन गर्न कठिन अवस्था छ । र यो निक्कै दुःखद कुरा पनि हो ।

अहिले विश्वभर कोभिड १९ को महामारी आएपछि सबै सानो व्यवसायहरु ठप्प अवस्थामा पुगेका छन् । एक अर्काका बीचको प्रतिस्पर्धा पनि सकिएको छ । र यस्तो संकटको बेलामा बिशेष गरी सबैखालको व्यवसायीहरुले सोच्नुपर्ने ३ वटा महत्वपूर्ण कुराहरु आज मैले यो ब्लगमार्फत भन्न गईरहेको छु । र जतिपनि मैले भन्ने यि तीनवटा कुराहरु छन्, त्यसलाई तपाईंले सोच्नुभयो भने, चिन्तन, मनन गर्न सक्नुभयो भने मूलतः तपाईंलाई फाइदा नै पुग्ने छ । र तपाईको व्यवसायलाई राम्रो हुने छ । तपाईले चाहे सानो व्यवसाय गर्नुहोस् वा ठूलो व्यवसाय नै होस् त्यसमा केहि फरक पर्दैन ।

हरेक व्यवसायिले सोच्नुपर्ने ३ वटा महत्वपूर्ण कुराहरु यसप्रकार छन् –

१. प्रडक्ट (Product) : तपाईंको प्रडक्टमाथि तपाईंको अध्ययन हुन अति जरुरी रहन्छ । तपाईंको प्रडक्ट बजारले मागेको छ कि छैन । तपाईंको प्रडक्टमा अरुको तुलनामा के विशेषता छ ? तपाईंको प्रडक्ट कत्तिको महङगो छ ? तपाईको प्रडक्टलाई ग्राहकले सजिलै किन्न सक्छन् वा सक्दैनन् ? कतिपय अवस्थामा आवश्यक भईरहेको प्रडक्ट पनि ग्राहकले महङगीको कारणले किन्न असक्षम भईरहेको पनि हुन सक्छ । त्यसैले तपाईंले ग्राहकहरुको आर्थिक सक्षमतालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ ।

२. प्रक्रिया (Process) : दोश्रो कुरा तपाईंले आफ्नो व्यवसाय अगाडि बढाउन चाहानुहुन्छ भने ख्याल गर्नुपर्ने अर्को मुख्य कुरा हो प्रक्रिया । तपाईंले आफ्नो सामान बजारमा बेच्नकोलागि कस्तो प्रक्रिया र रणनीति अपनाउनु भएको छ ? सामान बेच्नको लागि कुन किसिमको माध्यम अपनाउनु भएको छ ? जसको माध्यमबाट तपाई सजिलै बजारसम्म जान सक्नुहोस् ।

त्यसकारण पहिलो कुरा आफ्नो प्रडक्टमा त ध्यान दिनैपर्दछ भने दोश्रो कुरा प्रक्रियालाई पनि पूर्ण रुपमा तयारी गर्नैपर्दछ । त्यसैले धेरै व्यवसायी हरुले आफ्नो बिजनेशको लागि अनलाईन मार्केटिङ्गलाई अपनाउन सक्नुहुनेछ । त्यस्तै फेसबुक मार्केटिङ्ग, सोशियल मिडिया मार्केटिङ्गलाई पनि उपयोग गर्न सक्नुहुन्छ । जसबाट तपाईं सजिलै बजार र ग्राहकसम्म पुग्न सक्नुहुनेछ । हिजोको समयमा आफ्नो कम्पनिको विज्ञापनको लागि होस् वा सामान बेच्नकोलागि विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, होडिङबोर्डको उपयोग गर्दै आएको देखिन्थ्यो । अझैपनि कतिपय समारोहको विज्ञापन गर्दा सो प्रक्रिया अपनाएको देखिन्छ । यो पनि मार्केटिङ्गको एउटा विधी हो । तर सकेसम्म यो कोभिडको महामारीको अवस्थामा सबै व्यवसायिहरुले सम्भव भएसम्म थोरै लगानीमा धेरै प्रभावकारी रणनीतिहरु अपनाउन सके एकदमै राम्रो र फाईदाजनक पनि रहनेछ ।
तपाईं कस्तो व्यक्तिको साथमा काम गरिरहनुभएको छ ? तपाईंको मेनपावर कस्तो छ ? तपाईं आफ्नो भिजनमा रहेर काम गर्न सक्ने खालको टिम बनाउनुभएको छ कि छैन ? तपाईंको व्यक्तिलाई, टिमलाई नेतृत्व गर्न सक्ने र कुनै काम जिम्मेवारपूर्वक पुरा गर्न सक्ने खालको तालिम दिनुभएको छ कि छैन ?

Sell Your Talent On Internet | आफ्नो दक्षता चिन्नुस, इन्टरनेटमा भब्य बेच्नुस |

३. व्यक्ति (People ) :

यि तीनवटा कुराहरुलाई व्यवसायीहरुले ध्यान दिने, बिचार गर्ने हो भने साँच्चिकै तपाईंले आफ्नो बिजनेशलाई निक्कै राम्रोसंग अगाडि बढाउन सक्नुहनेछ । यो कोभिडको बेला ईन्टरनेटलाई भरपूर रुपमा उपयोग गर्नुहोस् भनेर म उत्साह पनि दिन चाहान्छु । बिषेश गरी आफ्नो टुल्स र प्रडक्टमाथि राम्रारी अध्यायन गर्नुहोस् र प्रडक्टलाई ईन्टरनेटको माध्यमबाट कसरी बजारसम्म पु¥याउने भन्ने कुरामा खोज गर्नुहोस् । र यदि तपाईं आफ्नो बिजनेशलाई फेसबुक मार्केटिङ्ग गर्न चाहानुहुन्छ भने यसकोलागि तपाईंको नजिक रहेको, चिनेको सोशियल मिडिया मार्केटिङ्ग एजेन्सिहरुलाई हायर गर्न सक्नुहुन्छ ।

तपाईं अनलाईन सर्भिस लिन चाहानुहुन्छ भने वा अनलाईन मार्फत आफ्नो प्रडक्ट बेच्न चाहानुहुन्छ भने अनुजभाई डट कमलाई फेसबुक मार्फत, ई–मेल मार्फत र फोन मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ । हाल हामीले नेपालको करिब ४० वटा जिल्ला र विदेशको करिब ९ वटा भन्दा बढि विभिन्न देशहरुमा आफ्नो ईन्टरनेट मार्केटिङ्गको सर्भिस , ईन्टरनेट मार्केटिङ्ग टे«निङ्ग र आफ्नो बिजनेश सर्भिस दिंदै आईरहेका छौं ।

Anuj Bhai Dot Com  को निःशुल्क अनलाइन तालिम गर्न चाहानुहुन्छ भने निम्न भिडियो हेरेर एकाउन्ट बनाउनुहोस् र इमेल मार्फत सम्पर्क गर्नुहोस् ।

Join On Facebook : Click here 

Join On Blogging Training  : Click here 

Join On Free Online Marketing Training : Click here 

Create Anuj Bhai Account : Click here 

Social Shares
Anuj Bhai
Anuj Bhai

अनुज भाई सामान्य इन्टरनेटमा काम गर्ने एक मजदुर हुन् । उनी आफुले भोगेका अनुभूतिलाई अरुसंग साट्न मन पराउँछन् । आफुले पाएको सफलताको सानो कहानी आफु जस्तै इच्छुक व्यक्तिलाई सिकाउनमा विशेष चासो दिन्छ । सन् २००९ तिर बाटै इन्टरनेटमा काम गर्ने रहर पलाए पनि उनको सफलता भने सन् २०१६ पछि मात्रै प्राप्त भयो । २०१६ पछि उनी अधिकांश समय आफ्नै घरमा बिताउछन् र निरन्तर इन्टरनेटमै नयाँ शैलीको काम गर्दै रमाउँछन् ।

Related Articles

Leave a Comment

Your email address will not be published. Required fields are marked *