कोरानाको समयमा व्यापार कसरी अगाडि बढाउने ?

by Anuj Bhai September 08, 2020

यतिबेला लकडाउनबाट विश्वभरका हामी सम्पूर्ण मानव जाती एकदमै नराम्रोसंग प्रभावित बन्दै आर्ईरहेका छौं । मैले अघिल्लो मेरो ब्लगहरुमा पनि बारम्बार उल्लेख गर्दै आईरहेको छु कि, बिशेषगरी यो विषम परिस्थितिमा दैनिक ज्याला मजदूरी गरेर आफ्नो गुजारा गर्दै आईरहेका निम्न आय भएका वर्ग र व्यापार, व्यवसाय गर्दै जीबन निर्वाह गर्दै आईरहेको सर्वसाधारण वर्ग प्रत्यक्ष रुपमा यसबाट प्रभावित हुँदै आएका छौं । यो लकडाउनको समय भएकोले अरु दिनमा जस्तो सामान्य रुपमा हामीले व्यापार, व्यवसायहरु चलाउन सकिरहेका छैनौं । कतिपय कम्पनीहरुले ग्राहकको माग अनुरुप सेवा, सुविधा र उपलब्धिहरु दिन र हाँसिल गर्न पनि सकिरहेका छैनौं । जसको कारणले तपाई हामी जस्तो व्यवसायीहरु मानसिक चिन्तामा पर्न सक्ने सम्भावना एकदमै बढ्दै आएको छ ।

तर मेरो बिचारमा यो समय यसरी चिन्ताजनक अवस्थामा बिताउने पटक्कै होइन । बरु अरु सामान्य दिनहरुमा व्यवसाय जसरी चलिरहेको थियो, त्यो भन्दा बेग्लै तरिकाले यतिबेलाको गाह्रो र चुनौतीपूर्ण समयमा कसरी आफ्नो व्यापार, व्यवसायहरु अगाडी बढाउन र सञ्चालन गर्न सकिन्छ ? त्यसको लागि नयाँ–नयाँ माध्यम र विकल्पहरुको खोजी गर्न तथा अध्यायन, अनुसन्धान गर्न तिर लाग्नु उपयुक्त रहन्छ ।

केहि दिन अगाडि मेरो एकजना व्यक्तिसंग फोनमा वार्तालाप भएको थियो । उहाँले टायरको मर्मत, रिसोलिङ्ग सम्बन्धि बिजिनेस गर्दै आउनुभएकोे रहेछ । मैले सोधें, हिजोको दिनमा कसरी मार्केटिङ्ग गर्दै आउनुभएको थियो ? उहाँले भन्नुभयो, मैले कुनै मार्केटिङ्ग गर्नुपर्ने जरुरी नै थिएन । कस्टोमरहरु त्यतिकै आईरहन्थे । व्यवसाय ठिक रुपमै चलिरहेको थियो । अनि मैले सोधें, अहिले कस्तो छ त ? उहाँले भन्नुभयो, अहिले त कम्पनिले दिएको टार्गेट नै पुरा गर्न सकिरहेको छैन । किनभने पहिलो कुरा त यहाँ वरिपरी अरु तीनवटा रिसोलिङ्ग कम्पनीहरु खुले । र अर्को कुरा अहिलेको लकडाउनको कारणले गर्दा कम्पनिको टार्गेट भेट्न सकिरहेको छैन । तपाईंको फेसबुक, यू–ट्यूवको भिडियोहरु हेरेर अनलाईनबाट केहि सम्भावना छ कि, भनेर तपाईलाई सम्पर्क गरेको भन्नुभयो । अनि मैले फेसबुक कत्तिको चलाउनु हुन्छ ? भनेर सोधें । जवाफमा फेसबुक आफुले ठिकै चलाउने गरेको बताउनुभयो । र पहिल्यै एकजना साथीले एकपटक फेसबुक बुष्ट गरेको तर त्यसबाट सोचेजस्तो आफुले उपलब्धी पाउन नसकेको पनि बताउनुभयो । त्यसपछि मैले उहाँको बिजनेशको फेसबुक पेज सरसर्ती भिजिट गरेँ, हेरेँ । त्यसमा जुन तरिकाले पेज कन्टेन्टहरु व्यवस्थापन गर्नुपर्ने हो, त्यो केहि पनि गरेको मैले पाइनँ । र निक्कै दुःख लाग्यो । मैले पेजलाई सुधार गर्नुपर्ने सुझाएँ । प्रोफाईल पिक्चर, कभर फोटो, लेख्ने कन्टेन्ट, गर्नुपर्ने पोष्ट, कम्पनीको सेवा, सुविधाहरु ईत्यादिको बारेमा पब्लिकमा स्पष्ट रुपमा राम्रारी बताउन आफुमा खूबी हुनुपर्ने सुझाव दिएँ । तर त्यसको बारेमा आफुलाई केहि पनि ज्ञान नभएको उहाँले बताउनुभयो ।

त्यसपछि मैले कसरी कन्टेन्ट म्यानेज गर्ने, कसरी फेसबुक एडभर्टाजिङ्ग गर्ने भन्ने बारेमा तालिम दिन्छु भनें । त्यसलाई उहाँले सहर्ष स्विकार गर्नुभयो । केहि दिनपछि सायद टे«निङ्ग सुचारु हुदैछ ।

मैले यो सबै उल्लेख गरेर के बताउन खोजिरहेको छु भने, अहिलेको समय भनेको पुरानो शैलीमा थोरै, बजारलाई हेरेर मात्र बिजिनेश गर्ने होईन । अहिले ईन्टरनेटको सुविधा भएको कारणले बिजिनेश व्यापक बिस्तारको लागि धेरै सजिलो भएको छ । ईन्टरनेटमा नयाँ–नयाँ कुराको खोजी गर्न, व्यवसायको प्रचारप्रसार ईत्यादिमा धेरै सजिलो भएको छ । अहिले लकडाउनको समयमा यू–ट्यूवहरुमा हुने विभिन्न भिडियोहरुबाट पनि हामीले धेरै कुराहरु सिक्न सकिन्छ । ईन्टरनेटमा व्यपार व्यवसाय प्रमोशन गर्ने, प्रचारप्रसार गर्ने विभिन्न तरिका, टुल्सहरु विभिन्न व्यक्तिहरुले राखेका हुन्छन् । तपाईं हामीले यि चिजहरुलाई अध्ययन गरेर, अनुसन्धान गरेर तालिमहरु लिन सकिन्छ ।
र यदि तपाईं केहि पैसा खर्च गरेरै स्टेप बाई स्टेप मार्केटिङ्गको टे«निङ्गहरु लिन चाहानुहुन्छ भने कुनै नजिकको राम्रो सोशियल मिडिया मार्केटिङ्ग एजेन्सिहरु र दक्ष तालिम दिन सक्ने व्यक्तिहरु खोज्न सक्नुहुन्छ । जसको लागि प्रोफेशनल व्यक्तिहरु लिन्केडिनमार्फत नि खोज्न सक्नुहुन्छ ।

अनुजभाई डट कम पनि तपाईको बिजनेशलाई यदि इन्टरनेटमार्फत प्रवर्धन गर्न चाहानुहुन्छ भने सहभागी भएर सिक्ने एउटा अवसरको केन्द्र हो । र यदि तपाईं अनलाईनबाटै मार्केटिङ्ग टे«निङ्गहरु लिन चाहानुहुन्छ भने अनुजभाई डट कमले पनि तपाईलाई कन्टेन्ट राईटिङ्ग, भिडियो ईडिटिङ्ग, यू–ट्यूव मार्केटिङ्ग, फेसबुक मार्केटिङ्ग, ब्लगिङ्ग आदिको बारेमा जानकारी गराउनेछ र तालिम दिनेछ । साथै हामीले बिगतमा थुप्रै कम्पनीहरुको बिज्ञापन पनि फेसबुकमार्फत गरिसकेका छौ । केहि कम्पनीहरुको भिडियो एड्सहरु यहाँहरुको माझमा राखेका छौ हेर्नुहोला ।




यसको बारेमा तपाईं विस्तृत जानकारीहरु लिन चाहानुहुन्छ भने ब्लगसंगै रहेको भिडियो हेर्नुहोला । जहाँबाट धेरै जानकारीहरु लिन सक्नुहुनेछ । र फेसबुक लगायत तलको लिन्क मार्फत पनि यहाँहरु म संग जोडिन सक्नुहुनेछ ।

Join On Facebook : Click here 

Join On Blogging Training  : Click here 

Join On Free Online Marketing Training : Click here 

Create Anuj Bhai Account : Click here 

 

Social Shares
Anuj Bhai
Anuj Bhai

अनुज भाई सामान्य इन्टरनेटमा काम गर्ने एक मजदुर हुन् । उनी आफुले भोगेका अनुभूतिलाई अरुसंग साट्न मन पराउँछन् । आफुले पाएको सफलताको सानो कहानी आफु जस्तै इच्छुक व्यक्तिलाई सिकाउनमा विशेष चासो दिन्छ । सन् २००९ तिर बाटै इन्टरनेटमा काम गर्ने रहर पलाए पनि उनको सफलता भने सन् २०१६ पछि मात्रै प्राप्त भयो । २०१६ पछि उनी अधिकांश समय आफ्नै घरमा बिताउछन् र निरन्तर इन्टरनेटमै नयाँ शैलीको काम गर्दै रमाउँछन् ।

Related Articles

Leave a Comment

Your email address will not be published. Required fields are marked *