चुनौतिले नै बिकल्प जन्माउछ : Anuj Bhai Dot Com

by Anuj Bhai September 04, 2020

कुनै पनि नयाँ कुराको आविष्कार विशेष परिस्थिति र परिआएको चुनौतीले नै श्रृजना गर्ने गर्दछ भन्ने कुरा धेरै विज्ञहरुको भनाई होे र सत्यता पनि त्यहि नै हो । आज हामी कोभिड १९ को चपेटाबाट गुज्रिरहेका छौं । मानिसहरु धेरै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका छन् । यतिबेला धेरै मानिसहरु ठूलो बिचल्लीमा परिरहेका छन् । यतिसम्म कि दैनिक ज्यलादारी, मजदुरी गरेर जिवीकोपार्जन गरिरहेका व्यक्तिहरु सडकमा आईरहेका छन् । भोकमारीको मारमा परिरहेका छन् ।

यि र यस्तै सामाजिक पृष्ठभुमिहरु हेर्दा, नेपालको यतिबेलाको यो अवस्था देख्दा मानिसहरु अप्ठ्यारो परिस्थितिमा बाँच्नको लागि नयाँ–नयाँ रणनीतिहरु, नयाँ चिजहरु, नयाँ कामहरुको खोजी तथा उत्खननमा लागिरहेको र नयाँ विकल्पहरुको खोजिमा लागिरहेका देखिन्छ । त्यसैले म हरेक नयाँ परिस्थितिले नयाँनयाँ विकल्पहरु ल्याउँछ र विकल्पले नै नयाँ चिजको सुरुवात गर्दछ भन्ने गर्दछु ।

आज विश्वमा ठूलठूला बिलिनियर कम्पनिहरु हामीले देखिरहेका छौं । ति कम्पनिहरु पनि यस्तै आईलागेका विभिन्न परिस्थितिले नै श्रृजना गरेको हुन् सायद । जस्तै, माईक्रोसफ्टले किन नयाँ सफ्टवेयर बजारमा ल्यायो त ? सायद त्यो कुनै समय र परिस्थितिले नै निम्त्याएको होला । र आज मानव जीवनमा यति धेरै सहजता ल्याएको छ । आज फेसबुक सामाजिक सञ्जाल विश्वमा किन यति धेरै व्यापक उपयोग भईरहेको छ ? सायद त्यहाँ पनि कुनै समस्या थियो होला र त मार्क जुकरवर्ग ले फेसबुकको उत्पत्ति गर्‍यो ।

ठिक त्यसैगरी आज कोभिड १९को कारणले गर्दा अनलाईनबाट पनि मिटिङ्ग हुन सक्छ र ? अनलाईनबाट पनि भेटघाट हुन सक्छ र ? काम हुन सक्छ र ? भन्ने मानसिकताबाट हामीलाई मुक्त गराएको छ । सायद कहिल्यै जूमको नाम नसुनेको मानिसले पनि आज जूम मार्फत मिटिङ्गहरु गराईरहेका छन् । कहिल्यै जूमको उपयोग नगरेका व्यक्तिहरुले आज जूम(Zoom) मार्फत जबरजस्ती अनलाईनमा काम गरिरहेका छन् । “वर्क एट होम / Work At Home ” घरमै बसेर पनि काम गर्न सकिन्छ र ? भन्ने कुराहरुमा लकडाउनले गर्दा आज धेरै मानिस चिरीएका छन् । या भनौं नयाँ–नयाँ विकल्पहरु जन्मिरहेका छन् ।

मैले सन् २००९ बाट नै अनलाईनबाट काम गर्न सकिन्छ भन्ने सुन्दै आएपनि लगभग २०१६ बाट मात्रै काम गरें । काम गर्नु संगसंगै आफ्नो अनुभूतिहरु यहाँहरुसंग साट्दै पनि आएको छु । यसै क्रममा मैले “Anuj Bhai Dot Com” प्रोगाम मार्फत धेरैलाई अनलाईनमा काम गर्न सिकाउने मौका पनि पाएँ । त्यसमा कति अगाडि बढ्दै जानुभयो कति अघि बढ्न सक्नुभएन त्यो आफ्नो ठाउँमै होला । तर ईन्टरनेटबाट पनि काम गर्न सकिन्छ है भन्ने कुराको शिक्षालाई अगाडि सार्ने मेरो प्रयासमा यहाँहरु धेरैले सपोर्ट र साथ दिदै आउनुभएको छ । त्यसकोलगि म यहाँहरुप्रति सधैं आभारी रहनेछु ।

यदि तपाईंहरुमा पनि यो लकडाउनको समयमा के गर्ने ? भन्ने विषयमा दोधारको अवस्था छ भने ईन्टरनेटको सदुपयोग गरेर अनुजभाई डट कमले दिंदै आईरहेको निक्कै सम्भावना बोकेको निःशुल्क टे«निङ्गहरुको (Free Training) बारेमा बुझेर काम गर्नसक्नुहुनेछ । तपाईं चाहे, Freelancer भएर काम गर्नुहोस्, सोसल मिडिया मार्केटिङ्ग एजेन्सि भएर काम गर्नुहोस् , एफिलेड भएर काम गर्नुहोस् वा ई कमर्शमा काम गर्नुहोस् । र यो सबैको बारेमा के हो त भनेर विस्तृत रुपमा बुझेर, परामर्श लिएर तपाईंपनि आफु सुहाउँदो काम गर्दै अघि बढ्न सक्नुहुनेछ ।

विस्तृत जानकारीको लागि मैले भिडियो मार्फतपनि जानकारी दिंदै आएको छु । र यो ब्लग पोष्टमा रहेको भिडियो मार्फतपनि जानकारी लिनसक्नुहुन्छ । र तपाईंपनि यो परिस्थितिमा नयाँ विकल्पको रुपमा ईन्टरनेटको प्रयोग गरेर आजैबाट काम सुरु गर्नुहोस् । आशा गर्छु, तपाईंले यो ब्लगमार्फत् नयाँ उत्साह पाउनुभएको छ ।

Join On Facebook : Click here 

Join On Blogging Training  : Click here 

Join On Free Online Marketing Training : Click here 

Create Anuj Bhai Account : Click here 

 

Social Shares
Anuj Bhai
Anuj Bhai

अनुज भाई सामान्य इन्टरनेटमा काम गर्ने एक मजदुर हुन् । उनी आफुले भोगेका अनुभूतिलाई अरुसंग साट्न मन पराउँछन् । आफुले पाएको सफलताको सानो कहानी आफु जस्तै इच्छुक व्यक्तिलाई सिकाउनमा विशेष चासो दिन्छ । सन् २००९ तिर बाटै इन्टरनेटमा काम गर्ने रहर पलाए पनि उनको सफलता भने सन् २०१६ पछि मात्रै प्राप्त भयो । २०१६ पछि उनी अधिकांश समय आफ्नै घरमा बिताउछन् र निरन्तर इन्टरनेटमै नयाँ शैलीको काम गर्दै रमाउँछन् ।

Related Articles

Leave a Comment

Your email address will not be published. Required fields are marked *