एफिलिएट मार्केटिङमा सफल हुने तरिका के हो ?

by Anuj Bhai April 28, 2020

मैले विभिन्न समयमा विभिन्न अनलाइन बिजनेस, अनलाइन मार्केटिङ र एफिलिएट मार्केटिङसँग सम्बन्धित विषयवस्तुहरुको बारेमा केहि भन्दै केहि लेख्दै आइरहेको छु । ति मेरा भिडियो, ब्लग, लेख हेरेर, पढेर विभिन्न अनलाइन बिजनेस, अनलाइन मार्केटिङ र एफिलिएट मार्केटिङसँग सम्बन्धित क्षेत्रमा काम गरिरहनु भएका साथीहरुले विभिन्न विषयमा प्रश्नहरु गरिरहनु भएको छ । त्यसै मध्येको एउटा प्रश्न हो एफिलिएट मार्केटिङमा कसरी सफल हुन सकिन्छ ? हो, हरेक क्षेत्रमा सफल हुन आ–आफ्नै विधि र प्रक्रियाहरु हुन्छन् । यस्तै एफिलिएट मार्केटिङमा सफल हुनको लागि पनि केहि महत्वपूर्ण विषयहरुमा दक्ष हुन अत्यन्त जरुरी छ ।

कुनै पनि क्षेत्रमा सफल हुनको लागि एउटा विषयमा मात्र दक्ष भएर पुग्दैन । त्यस्तै एफिलिएट मार्केटिङमा सफल हुनको लागि धेरै विषयमा जानकारी लिनु पर्दछ । हुन सक्छ महत्वको हिसाबले तल माथि पर्न सक्छन् । एफिलिएट मार्केटिङको क्षेत्रमा अपनाइने विविध विधिहरु मध्ये महत्वको हिसाबले एक अर्काको पुरकको रुपमा रहेका हुन्छन् । विषय छोटो र प्रक्रिया सानो भएर पनि त्यसको उपयोग बिना सफलता प्राप्त गर्न गाह्रो हुन्छ । त्यसैले एफिलिएट मार्केटिङमा सफलता हासिल गर्न सबै विषयहरुका उत्तिकै दक्षता हासिल गर्न जरुरी छ । त्यसै मध्येको नभइ नहुने एउटा ज्यादै महत्वपूर्ण विषय चाहिँ ट्राफिक हो ।


एफिलिएट मार्केटिङ क्षेत्रमा ट्राफिक लाई लिड्स पनि भन्ने गरिन्छ । कतिपय ब्यापारिहरुले प्रस्पेक्ट पनि भन्ने गरेको पाइन्छ । जुन शब्दले उच्चारण गरे पनि ट्राफिक भनेको एफिलिएट मार्केटिङ वा अनलाइन बिजनेसको मेरुदण्डको रुपमा मानिएको छ । त्यसैले ट्राफिक बिनाको एफिलिएट मार्केटिङको कल्पना गर्न सकिँदैन ।

कुनै पनि कम्पनीको उत्पादन वा सेवालाई इन्टरनेटको माध्यमबाट प्रवद्र्धन गर्न चाहनु हुन्छ भने तपाईले सबैभन्दा पहिले ट्राफिक श्रोत कहाँ पाउन सकिन्छ भन्ने कुरा पहिचान गर्न अति आवश्यक छ । यदि तपाइले कम्पनीको उत्पादन बेच्दै हुनुहुन्छ वा मार्केटिङ गर्दै हुनुहुन्छ भने ट्राफिकको श्रोत कहाँ छ भन्ने थाहा पाउन जरुरी छ । इन्टरनेट मार्केटिङ इण्डष्ट्रिमा एउटा स्थापित भनाई छ— More List = More Money अथवा तपाइसँग जति धेरै ट्राफिकको लिष्ट छ उत्तिनै धेरै तपाइले विक्रि गर्न सक्नुहुन्छ । यसको अर्थ यो हो कि एफिलिएट मार्केटिङमा सफलता पाउनको लागि सबै भन्दा धेरै ट्राफिक जेनेरेट गर्न सक्नु आवश्यक हुन्छ । यसरी सरल सहज भाषामा बुझ्दा ट्राफिकलाई बजार पनि भन्न सकिन्छ । अझ सम्भावित ग्राहक भनेर बुझ्दा सजिलो हुन सक्छ ।

यसरी पनि बुझ्न सकिन्छ, । तपाईले मार्केटिङ गरिरहनु भएको वस्तुको संभावित ग्राहक को हुन सक्छ ? कहाँको हुन सक्छ ? कस्तो मान्छे हुन सक्छ ? कुन उमेर समूहको हुन सक्छ ? यि समग्र प्रश्नहरुको सहि जवाफ मिलाएर छानिएका मान्छेहरु तपाईको पक्का ट्राफिकहरु हुन् ।

एफिलिएट मार्केटिङमा सफलता पाउनको लागि आफ्नो टार्गेटेट ट्राफिक बनाउन जरुरी छ । ट्राफिक बनाउँदा कम्पनीको उत्पादित वस्तुको सम्भावित प्रयोगकर्तालाई चिन्न नसकेर जोसुकैलाई ट्राफिकको लिष्टमा राखियो भने सफलता पाउन सकिँदैन । त्यसैले एफिलिएट मार्केटिङमा टार्गेटेट ट्राफिक जेनेरेट गर्ने विभिन्न तरिकाहरु जान्न अति आवश्यक छ ।
ट्राफिक जेनेरेट कसरी गर्ने ?

ट्राफिक जेनेरेट गर्ने धेरै माध्यमहरु हुन्छन् । धेरैले फेसबुकबाट फ्रि मार्केटिङ गर्छन् । यसरी फ्रि मार्केटिङबाट धेरै लिडसहरु जेनेरेट गर्न सकिन्छ । तर, तपाई पहिलो चोटी एफिलिएट मार्केटिङ गर्दैहुनुहुन्छ भने फ्रि मार्केटिङ त्यति राम्रो फलदायी बन्न सक्छ जस्तो लाग्दैन । बरु त्यसको विकल्पको रुपमा फेसबुक एडभरटाइजिङ एउटा राम्रो माध्यम बन्न सक्छ । किनभने विश्वका करिब तीन अर्ब मानिसहरु फेसबुक प्रयोग गछर्न भने नेपालमा पनि करिब एक करोड भन्दा धेरैले फेसबुक प्रयोग गरिरहेका छन् । यति धेरै फेसबुक प्रयोगकर्ताहरुको माझबाट तपाइले आफ्नो टार्गेटेट कस्टुमर लिन सक्नुहुन्छ । त्यो बाहेक यूट्युब भिडियो मार्केटिङ पनि गर्न सक्नुहुन्छ । ब्लगिङ गर्न सक्नुहुन्छ । भ्लगिङ गर्न सक्नुहुन्छ । ब्यानर एडभरटाइजिङ गर्नसक्नुहुन्छ । यी धेरै माध्यमहरु प्रयोग गरेर तपाईले ट्राफिक जेनेरेट गर्न सक्नुहुनेछ ।

यदि तपाईले पहिलो चोटि यो पढ्दै हुनुहुन्छ र एफिलिएट मार्केटिङ गर्न खोज्दै हुनुहुन्छ वा अनलाइन मार्केटिङ गर्न चाहनुहुन्छ भने वा यस क्षेत्रमा अवशरको खोजि गर्दै हुनुहुन्छ भने तपाइले ट्राफिक अथवा लिडसको बारेमा धेरै बुझ्न अत्यन्त जरुरी छ ।

एफिलिएट मार्केटिङ यहिबाट सुरु गर्नुहोस् : क्लिक गर्नुहोस्

एफिलेट मार्केटिङ गर्दा ध्यान दिनुपर्ने एउटै कुरा

Social Shares
Anuj Bhai
Anuj Bhai

अनुज भाई सामान्य इन्टरनेटमा काम गर्ने एक मजदुर हुन् । उनी आफुले भोगेका अनुभूतिलाई अरुसंग साट्न मन पराउँछन् । आफुले पाएको सफलताको सानो कहानी आफु जस्तै इच्छुक व्यक्तिलाई सिकाउनमा विशेष चासो दिन्छ । सन् २००९ तिर बाटै इन्टरनेटमा काम गर्ने रहर पलाए पनि उनको सफलता भने सन् २०१६ पछि मात्रै प्राप्त भयो । २०१६ पछि उनी अधिकांश समय आफ्नै घरमा बिताउछन् र निरन्तर इन्टरनेटमै नयाँ शैलीको काम गर्दै रमाउँछन् ।

Related Articles

1 Comments

Leave a Comment

Your email address will not be published. Required fields are marked *

  • Avatar
    Chrish rai

    मनमा उब्जेका प्राय सबै प्रश्नको जवाफ पाएको छु सर तपाईको यो वेब साइडबाट । र हजुरको बिषय प्रस्तुती एकदमै सरल भाषामा भएको कारणले पनि बुझ्नलाई सजिलो छ। धेरै कुराहरु बुझ्ने अवसर दिनु भएको मा यहाँ प्रति आभारी छु।

    Reply