नेपालमा सामाजिक सञ्जालको महत्व : फाइदाहरु

विश्वमा प्रविधिको जुन रफ्तारमा विकास भइरहेको छ, नेपाल पनि यो माहोलबाट अछुतो रहेको छैन भन्ने तथ्य सामाजिक सञ्जालका प्रयोगकर्ता नेपालीहरुको आँकडालाई हेर्दा प्रष्ट हुन्छ । पछिल्लो समय अझ तिब्रगतिमा यसको बृद्धिहुँदै गएको हामीसबैलाई थाहै छ । यसलाई आधार मान्ने हो भने, नेपालमा डिजिटल मार्केटिङको महत्व र भविश्य कस्तो छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।
२०१८ को आँकडा अनुसार नेपालमा फेसबुकको प्रयोगकर्ताहरु मात्रै ९८ लाख ५७ हजार अथवा एक करोडको हाराहारीमा रहेको गुगलको रिपोर्टमा हेर्न सक्छौं ।
यसको अर्थ फेसबुकमा धेरै आम नेपालीहरुको पहुँच पुगीसकेको छ । यो डाटा (रोशन जोशी डटकम डट एनपीको ब्लगबाट लिइएको हो ।) यसैगरि २०१८ सम्म १३ लाख भन्दा बढीले नेपालमा इन्स्टाग्रामको प्रयोग गरिएको तथ्याङ्क पनि रहेको छ । यहि समयमा नेपालमा मात्र युट्यूबको भ्यूअर्स २ अर्ब रहेका थियो । यसरी हेर्दा नेपालमा फेसबुक, युट्यूब, इन्स्टाग्राम, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताहरु नेपालमा ब्यापक रुपमा रहेको सजिलै अनुमान गर्न सकिन्छ । यसको प्रयोगकर्ताहरु जति बढ्दै जान्छ उत्तिनै डिजिटल मार्केटिङको पनि दायरा फराकिलो हुँदै जाने र डिजिटल मार्केटिङको माध्यमबाट ब्यापारिक संघसंस्थाहरु कम्पनी उद्योगहरुले पनि आफ्नो उत्पादन र सेवा सुविधाहरुलाई आफ्नो लक्षित उपभोक्ता सम्म पु¥याउन सोतह सहज हुने अनुमान गर्न सकिन्छ । यसरी हेर्दा नेपालबाट फेसबुक कम्पनी, युट्यूब कम्पनी, लिंकेदिन कम्पनी, इन्स्टाग्राम कम्पनी, ट्वीटर कम्पनी, गुगल कम्पनीहरुले लाखौं डलर बाहिर लगिरहेको हामी पाउँदछौं ।

कसरी डलर बाहिर लैजान्छन् ?
यी माथि उल्लेखित कम्पनीहरुले कसरी नेपालबाट डलर बाहिर लैजान्छन् त भन्ने जिज्ञासा पनि उठ्न सक्छ । उदाहरणको लागि फेसबुकका मालिक मार्क जुकरबर्कले नेपालबाट कसरी आफ्नो ब्यापार सञ्चालन गरिरहेका छन् ? यसको सूक्ष्म ढंगले अध्ययन गर्न आवश्यक छ । अहिले पनि धेरै सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई माथिको प्रश्न ग¥यौं भने, धेरैको जवाफ सामान्यतयः प्रयोगकर्ताको उत्तर एकै किसिमको पाउन सक्छौं, हामीले जति फेसबुक प्रयोग गर्छाैं उत्तिनै डलर उनीहरुले कमाउन सक्छन् ।

आफ्नो अनुभव आफ्नै निवासमा बसेर बाड्दै
तर, हामी सबैले फेसबुक चलाए वापत पैसा तिरिरहेका छैनौं । हामीले इन्टरनेटको मात्र पैसा तिरिरहेका छौं । तर, नेपालको कुनै पनि ब्यापारिक संघ संस्था, उद्योग, कम्पनी वा ब्यक्तिले फेसबुकमा बिजनेस पेज मार्फत आफ्नो ब्यापार ब्यवसायलाई प्रभावकारी ढंगले माथिको आँकडा अनुसार एक करोड जनाको बीचमा प्रबद्र्धन गर्न चाहेमा फेसबुकले केहि निश्चित थोरै रकम विज्ञापन वापत फेसबुक कम्पनीलाई बुझाउनु पर्ने हुन्छ । जुन पेजबाट ब्यापार ब्यवसायको प्रबद्र्धन गर्दा हामीले प्रयोग गर्ने सामान्य फेसबुक पेज भन्दा कयौं गुणा प्रभावकारी र सशक्त हुने गर्दछ । यसरी केहि डलर तिरेर आफ्नो ब्यवसायलाई करोडौ जनाको माझमा स्थापित गराउने ब्यापारीहरुको संख्या एक कराडको एक प्रतिशत नै भए पनि लाखौं डलर हुन आउँछ जुन फेसबुक कम्पनीले लिइरहेको हुन्छ ।
यसरी फेसबुकले ब्यापारी, उद्यागी, ब्यवासायीहरुलाई उत्कृष्ट सेवा दिएर आफ्नो सेवा शुल्क लिएको हो भन्ने बुझ्नु पर्दछ । अर्काे कुरा नेपालमा करोडौ फेसबुक प्रयोगकर्ता हुनु भनेको ब्यवसायी, ब्यापारी, उद्योगी तथा कम्पनीको व्यवसायलाई प्रचार गर्ने शैली सहज हुनु हो । उनीहरु समक्ष आफ्नो उत्पादन र सेवाको विज्ञापन गर्न पाइरहेका हुन्छन् ।
यसर्थ नेपालमा कोहि युवाहरुले डिजिटल मार्केटिङ क्षेत्रमा आफ्नो भविश्य खोज्दैछ वा डिजिटल मार्केटिङमा आफ्नो करियर बनाउने सोँच्दैछ भने यहाँ पनि एउटा अवशर छ । कुनै पनि डिजिटल मार्केटरले कुनै कम्पनीको ब्यापार कुन तरिकाले गर्ने भन्ने थाहा हुन आवश्यक हुन्छ । उदाहरणको लागि एउटा ट्राभल एजेन्सीको मार्केटिङ गर्दा कस्तो खालको, कुन उमेरको, कुन क्षेत्रको ब्यक्तिहरु ट्राभल गर्न चाहन्छन् ? उनीहरुलाई लक्षित गर्र्ने र अर्काे कुनै लेङग्वेज इन्स्टिच्युटको मार्केटिङ गर्नु पर्दा उहि ढंगले कुन उमेर समूहका ब्यक्तिहरु भाषा सिक्न चाहन्छन् ? कुन क्षेत्रका मानिसहरु यसमा रुचि राख्छन् ? भन्ने बारेमा पर्याप्त जानकारी हुन जरुरी छ । यहि शिप सिकेर कुनै युवा यस क्षेत्रमा काम गर्न चाहाना राख्नेको लागि अहिलेको समयमा राम्रो अवशर रहेको छ ।
त्यसमा पनि फेसबुक एउटा सजिलो माध्यम हो । फेसबुक अहिले विश्वकै उत्कृष्ट सोसल मेडिया मिडिया कम्पनीको रुपमा स्थापित छ । यसको आफ्नै ईतिहास छ । भिजन छ, छुट्टै योजना छ । फेसबुकले हरेक समय, हरेक क्षण आफ्नो कम्पनीलाई विश्वको नं. एक मा टिकाई राख्न सचेत भएर लागिरहेको छ ।
फेसबुकको २.४१ बिलियन मासिक एक्टिभ प्रयोगकर्ताहरु छन् । यो २०१९ को पहिलो आँकडा हो । यो सानो जमात हुँदै होइन । यो विश्वको ठूलो जनसंख्याको भाग हो । यस्तै सेवा विश्वका विभिन्न देशका कुना कप्चामा फेसबुकले दिँदै आएको छ । यसरी विभिन्न देशहरुबाट करोडौं आम्दानी गर्ने बाटो फेसबुकले बनाएको छ । यसरी नेपालमा पनि फेसबुक प्रयाग गरेर आम्दानी गर्ने अवशरहरु प्रशस्त छन् । दिनदिनै फेसबुकको प्रयोगकर्ता बढ्नु भनेको नयाँ अवशरको सिर्जना हुनु पनि हो ।
युट्यूब प्रयोगकर्ताहरु पनि नेपालमा उत्तिकै बढिरहेको अवस्था छ । पछिल्लो समय नेपाली यू ट्यूबरहरु पनि प्रसस्त आइरहेका छन्, यो पनि खुशीको कुरा हो । कतिपय युवाहरु भएको आफ्नो जागिर छोडेर फुल्ली युट्यूबर भएर निक्कै राम्रो आम्दानी गरिरहनु भएको छ । यो खुशीको कुरा हो । यसको विकृतिहरु पनि नभएको होईन । यसका चुनौतिहरु पनि पशस्तछन् । कतिपय सामाजिक सञ्जालहरुले समाजमा नकरात्मक प्रभाव पार्ने खालका पनि छन् । यसलाई सम्बन्धित निकायले नियमन गर्ने कार्यलाई तदारुकताका साथ लागु गरेको खण्डमा यी चुनौतिहरु भविश्यमा समाप्त हुँदै जानेछन् ।
Popular Posts