Affiliate Program गर्न चाहाने र गरिराखेकाहरुले पढ्नै पर्ने बिचार

by Anuj Bhai April 25, 2020

म विगत २०१६ देखि गत अक्टोबर सम्म साढे ३ वर्ष इजिवन अपमा एफिलिएट भएर काम गरेँ । अहिले पनि मेरो एकाउण्ट एक्टिभ नै छ । सामान्य ढंगले गरिनै रहेको छु । इजिवन अपमा मैले मात्रै एफिलिएट भएर काम गरेको होइन । म भन्दा अघि नै नेपालमा एफिलिएट भएर काम गर्ने धेरै जना हुनुहुन्छ । तर, उहाँहरुले यसको प्रोमोशन गर्नु भएन । अर्कै तरिका अपनाएर काम गर्नु भयो होला । अहिले पनि धेरै साथीहरुको भिडियोहरु मैले पनि हेरिरहेको छु । जो इजिवन अपमा काम गरिरहनु भएको छ तपाईहरु सबैलाई बधाई छ ।

पछिल्लो समय इजिवन अपमा यति कमाई हुन्छ उति कमाई हुन्छ भनेर पोष्ट गरि राख्नु भएको छ । हो, निशन्देह कमाई हुन्छ । Tai Lopez, Peng Joon  जस्ता हस्तिहरुले आफ्नै कमाईको प्रोमोट गरिरहेका छन् । तर, भन्न र लेख्न जति सजिलो ढंगले कमाइ चाहिँ हुँदैन । यदि तपाईले कमाइरहनु भएको छ भने तपाईले आफ्नो पेमेण्ट प्रुफ देखाउन सक्नु हुन्छ, साथमा त्यसलाई प्रष्ट्याउने प्रयास पनि गर्नुहोस । तपाइले पनि म जस्तै यति नै कमाउन सक्नुहुन्छ भन्ने कुनै ग्यारेण्टि छैन । कति पनि कमाउन पनि सक्नु हुन्न, यो भन्दा धेरै पनि कमाउन सक्नुहुन्छ । यो तपाईले लिएको टेनिङ, तपाईले गर्र्ने कामको शैली, कामको लगाव, प्राक्टिकल्ली कसरी लाग्नु हुन्छ त्यसमा निर्भर रहन्छ । भन्ने स्पष्ट पार्न अत्यन्त जरुरी छ ।

मैले साढे ३ वर्ष इजीवनअप एफिलेटबाट राम्रै आम्दानी भयो नै । विज्ञापन खर्च पनि उस्तै भयो । तर तपाईले पनि त्यति नै कमाउन सक्नुहुन्छ भनेर म भन्न सक्दिन । यसको ग्यारेण्टि दिन सकिँदैन ।

इजिवन अपमा तपाईको सिकाई, सिकेका कुरा कति व्यवहारिक रुपमा उतार्न सक्नुहुन्छ र प्राक्टिकल्ली कसरी काम गर्नुहुन्छ त्यसमा भर पर्ने हुन्छ ।

यदि कोहि तपाईहरु इजिवन अपमा काम गर्न चाहनुहुन्छ भने सबै भन्दा पहिले बुझ्ने प्रयास गर्नुहोस । यो संग सम्बन्धित हजारौ भिडियोहरु हेर्न पाउनु हुन्छ । विश्वभरि करिब ७ लाख भन्दा बढि Easy1up मा एफिलिएट भएर काम गरिरहेका छन् । संसारकै ठूला–ठूला र नामी अनलाइन मार्केटरहरु Micheal Mansall, Tom Yatar, David Dekel  जस्ता अनलाइन क्षेत्रका सुपरस्टारहरु पनि यसैमा आवद्ध भएर काम गरिरहेकाछन् । उनीहरुले लाखौ डलर कमाइरहेका छन् भने तपाईले त्यहि प्लेटफर्ममा काम गरेर कमाउन नसक्ने भन्ने छैन । तर, तपाई एफिलिएट भएकै भरमा कमाउन सकिन्छ भन्ने लागेको छ भने भरसक ज्वाइन गर्दै नगर्नाेस । त्यसमा ज्वाइन गरेर पैसा खर्च गर्नु भन्दा तपाई जुन क्षेत्रमा हुनुहुन्छ त्यहि क्षेत्रलाई निरन्तरता दिनोस वा अन्य विकल्प नै रोज्नोस । त्यसैमा सफलता मिल्न सक्छ ।

विश्वचर्चित इन्टरनेट मार्केटर Peng Joon

मैले २०१६ पछि नै हो एफिलिएट मार्केटिङको बारेमा थाहा पाएको । त्यो भन्दा अघि म एलएलएम मा आबद्ध थिएँ, त्यो भन्दा अघि गुगल एडसेन्समा कोशिष गरेको थिएँ । यसको बारेमा कतिपय साथीहरुलाई शेयर गरिसकेको छु । त्यसैको आधारमा मैले भन्नै पर्ने कुरा भनेको एफिलिएट मार्केटिङमा सबै भन्दा महत्वपूर्ण कुरा भनेकै सिक्नु र बुझ्नु हो । त्यस कारण मैले एउटा नेपाली भर्सनको ट्रेनिङ जुन मैले टे«निङका साथीहरुलाई सशुल्क दिँदै आएको थिएँ । यो निक्कै महत्वपूर्णा ट्रेनिङ हो । यो ट्रेनिङको लागि सयौंले पैसा तिर्नु भएको छ । यहि ट्रेनिङको आधारमा अहिले धेरैले नेपालमा अनलाईन क्षेत्रमा काम गरिरहनु भएको छ । त्यहि ट्रेनिङ अहिले मैले निः शुल्क दिन लागि रहेको छु । मैले इजीवन अपलाई प्रोमोट गरेर धेरै पैसा कमाउन भन्दा पनि मसँग भएका आइडियाहरु म शेयर गर्न चाहन्छु । त्यो ट्रेनिङबाट तपाईले कमाउन सक्नु हुन्न । पैसा कमाउनको लागि एक्टिभ एफिलिएट लिंक आवश्यक हुन्छ । तर एफिलिएट मार्केटिङ क्षेत्रमा कहाँ, कुन काम, कसरी र किन गरिन्छ भन्ने विषयमा जान्ने अवशर भने पक्कै हो ।

मैले इजीवन अपमा एफिलिएट भएर धेरै थोरै आम्दानी गरेँ । अझै पनि गरिनै रहेको छु । अहिले पनि म एफिलिएट मार्केटिङमा क्रियाशिल छु । मेरो आफ्नै प्रोग्राम अनुजभाई डटकमको प्रोमोशनमा लागि नै रहेको छु । त्यसको कारण इजीवन अपमा मनग्य समय दिन पाएको छैन ।

मैले किन अनुजभाई डटकम प्रोग्रामलाई प्रोमोट गर्नु प¥यो भन्ने विषय पनि केहि सन्देह हुनसक्छ । मैले अनुजभाई डटकम लाई प्रोमोट गर्नुको मुख्य उद्देश्य भनेको जति पनि नेपाली युवाहरु हुनुहुन्छ जो अनलाई क्षेत्रममा आफ्नो भविश्यको खोजिरहनु भएको छ । अनलाइन मार्केटिङ गर्न इच्छुक हुनुहुन्छ तर भाषाको समस्या छ । भाषा कै कारण ती युवाहरुको इच्छा चाहानालाई बन्दी बनाउन हुँदैन । उहाँहरुको जोश जाँगरलाई निकास दिनु र स्वरोजगारको सिर्जना गर्नु हो ।

इजीवन अपका ट्रेनिङहरु पुरै अंग्रेजी भाषा मात्र नभएर एडभान्स अंग्रजी भएको हुनाले यहि भाषा बाधक बनिरहेको मैले आफ्नै हिसाबले महसुस गर्दै आएको थिएँ । यहि भाषाको अदक्षताको कारण मैले पनि धेरै हण्डर खानु परेको मेरा विगतबाट सिकेको हुनाले मैले अनुजभाई डटकम प्रोग्रामको अवधारणा ल्याएको हो ।

कतिपय साथीहरुले इजीवन अपका ट्रेनिङहरु यूट्युब र गुगलमा प्रशस्त पाइन्छ । अन्य ट्रेनिङको के जरुरत भन्ने आसयका विचारहरु पोखिरहनु भएको छ । यो सहि हो । यसलाई म शतप्रतिशत मान्दछु । त्यो भन्दा उत्तम ट्रेनिङहरु पनि होला । तर, काम गर्ने अवशर गुगल र यूट्युबले दिँदैन । अर्काे कुरा इजीवन अपमा एफिलिएट भएका ७ लाख मानिसहरु सबै हुस्सु होइनन् । अझ प्रत्येक दिन सयौंको संख्यामा थप हुँदै गइरहेका छन् । त्यसमा केहि छ र नै एफिलिएट भएका हुन् उनीहरु । खासमा उनीहरुलाई इजिवन अपले जस्तो काम गर्ने प्लेटफर्म र एफिलिएट लिंक दिएर काम गर्ने अवशर र कमिसन जेनेरेट गर्ने मौका प्रदान गरेको छ ।

हो तपाई ClickBank मा काम गर्न सक्नु हुन्छ । निःशुल्क मा रजिष्टर हुन सकिन्छ तर, नेपालमा इ–पेमेण्ट सिस्टम छैन । यी र यस्तै साना–साना समस्यहरु छन् । त्यसैले एफिलिएट मार्केटिङको बारेमा गहन र गहिरो अध्ययनको जरुरी पनि उत्तिकै महत्वपूर्ण पाटो हो भन्ने भुल्न हुँदैन ।

ट्रेनिङकै कुरा गर्ने हो भने फेसबुक एडभरटाइजिङको बारेमा हजारौ डलर लिएर पेङजुनले सिकाइरहेका छन् । तर, फेसबुक आफैंले नै त्यो भन्दा धेरै राम्रो ढंगबाट स्टेप वाई स्टेप फेसबुक एडभरटाइजको ट्रनिङ छ ।

त्यसैले इजीवन अपमा एफिलिएट भएर काम गर्न इच्छुकहरुले इजीवन अप के हो ? इजीवन अप गर्नको लागि के–के कुराको आवश्यक पर्छ ? के कुरामा बढि ध्यान दिनुपर्छ ? ट्राफिक भनेको के हो ? कन्भर्जन भनेको के हो ? सेल्स भनेको के हो ? कसरी ट्राफिक जेनेरेट गर्न सकिन्छ ? फ्रि ट्राफिकहरु कसरी जेनेरेट गर्न सकिन्छ ? ट्राफिकलाई कसरी कन्भटिङ गर्ने ? फेसबुक च्याट मार्फत आफ्नो लिडसहरुलाई कसरी जानकारीहरु फ्लो गर्ने ? कसरी सेल्स गर्ने ? जस्ता धेरै जानकारीहरु ट्रेनिङमा समावेश गरिएको छ । तपाईले हेर्नसक्नु हुनेछ । यो मेरो निक्कै लामो अनुभवले बनाएको ट्रेनिङ हो । जुन गत अक्टुबर सम्म मैले सेल्स गर्दै आइरहेको थिएँ ।

के भन्छ नेपाली इन्टरनेट मार्केटर दिनेश चलाउने ?


अनि जो अहिले इजीवन अपमा एफिलिएट भइसक्नु भएको छ । तपाइहरुले पनि केहि अध्ययन गर्ने बानिको विकास गर्नुहोला । र आफ्नो कस्टुमरलाई सकेसम्म राम्रो ट्रनिङ दिनुहोस, राम्रो टुल्स दिनुहोस, राम्रो आइडिया दिनुहोस, राम्रो मेण्टरशिप गर्नुहोस,सके सम्म कस्टुमरको लगानीको प्रतिफल दिने प्रयास गर्नुहोस, जसले तपाई आफ्नै ब्यपारको बृद्धि हुने हो । कतिपय साथीहरुले आफ्नो कस्टुमरलाई फल्लोअप गरेको पाइएको छैन ।

कतिपय साथीहरु जो इजीवन अपमा एफिलिएट हुनु भएको छ तर, कुनै सफलता हात लागेको छैन । तपाइले किन सफलता हात पार्नु भएको छैन ? यसमा विशेषगरि ४ वटा समस्यहरु हुन सक्दछन् ।

१) ट्राफिक को कुरा, लिष्ट विल्डिङका कुरा आदि राम्रो ज्ञान लिनु भएको छैन भने समस्या पर्न सक्छ ।
२) तपाइले आफ्नो प्रडक्टकको बारेमा राम्रो थाहा भएन भने पनि समस्य आउन सक्छ ।
३) लक्षित ग्राहक को हो ? भन्ने विष्यमा स्पष्ट हुनै पर्छ । र
४) सेल्स गर्ने प्रक्रियाको बारेमा राम्रो जानकारी भएन भने सफलता हात पार्न सकिँदैन । यीनै कुराहरु राम्ररी बुझ्न नसक्दा मैले मेरा धेरै वर्ष त्यसै रित्तै विताएँ । त्यसमा एउटा कारण भाषाकै थियो ।

विश्वचर्चित इन्टरनेट मार्केटर Tai Lopez

कतिपय साथीहरुलाई मेरो कुरा चित्त नबुझ्न सक्छ तर, मैले गर्दै आएको प्रक्रियाहरु यहि नै हो । सबै सहमत नै हुनुपर्छ भन्ने चाहिँ छैन । र तपाई मसँगै ज्वाइन गर्नाेस भन्ने मेरो आसय होइन । तपाई जोसँग पनि ज्वाइन गर्न सक्नुहुन्छ । तर प्रडक्टको फाइदाको बारेमा, कस्टुमरको पहिचान र प्रक्रिया नै मुख्य कुरा हो भन्ने नबिर्सनोस ।

यसकै बारेमा मैले प्रत्येक दिन जस्तै केहि न केहि विषयहरुलाई लिएर फेसबुकमा कुरा गरिरहेको छु । मलाई धेरै साथीहरुले दिनु भएको सल्लाह अनुसार नै अहिले अनुजभाई डटकम प्रोग्राम ल्याएको छु । इजिवनको नेपाली भाषामा मैले तयार गरेको तालिम भिडियो अनुजभाई डट कममार्फत निःशुल्क रुपमा प्रदान गरिरहेकोले यो कम्पनीमा आवद्ध सबै नेपाली साथीहरुलाई उक्त तालिम लिन अनुरोध त छ नै साथै यो कम्पनीसंग जोडिएर काम गर्ने इच्छा यदि तपाईसंग छ भने उक्त फ्रि तालिम हेरेर, बुझेर, मनन गरेर मात्र काम सुरु गर्न हुन म बिनम्र अनुरोध गर्छु ।

फ्रि तालिमको लागि एकाउण्ट बनाउनुहोस् । एकाउण्ट कसरी बनाउने यो भिडियो हेर्नुहोस् ।

तालिम बनाईसकेपछि इमेलमार्फत जानकारी गराउनुहोस् तालिमको लागि र तपाईको अनुजभाई युजरनेम इमेलमार्फत पठाईदिनुहोस् ।
अझै बिस्तृत यो मेरो फेसबुक लाइभ पनि हेर्न सक्नुहुनेछ ।

Social Shares
Anuj Bhai
Anuj Bhai

अनुज भाई सामान्य इन्टरनेटमा काम गर्ने एक मजदुर हुन् । उनी आफुले भोगेका अनुभूतिलाई अरुसंग साट्न मन पराउँछन् । आफुले पाएको सफलताको सानो कहानी आफु जस्तै इच्छुक व्यक्तिलाई सिकाउनमा विशेष चासो दिन्छ । सन् २००९ तिर बाटै इन्टरनेटमा काम गर्ने रहर पलाए पनि उनको सफलता भने सन् २०१६ पछि मात्रै प्राप्त भयो । २०१६ पछि उनी अधिकांश समय आफ्नै घरमा बिताउछन् र निरन्तर इन्टरनेटमै नयाँ शैलीको काम गर्दै रमाउँछन् ।

Related Articles

4 Comments

Leave a Comment

Your email address will not be published. Required fields are marked *

  • Avatar
    हरि शरण

    राम्रो विचार र अनुभव शेयर गर्नुभयो यसको लागि धेरै धेरै धन्यबाद सर।

    Reply
    • Jiten Mumho
      Jiten Mumho

      Dherai Dherai dhanyabad sir

  • Avatar
    Chrish rai

    यात्र तय गर्नु भन्दा पहिला गन्तब्य थाहा पाउन जरुरी छ भन्ने कुरा को राम्रो जानकारी साथै हिड्नु भन्दा अगाडि के कस्ता तयारीहरू गर्न आवश्यक छन् भन्ने कुरा राम्रोसँग विष्लेषण गरेको पाए । आभारी छु सर ।

    Reply
  • Avatar
    Surya Gamal

    Thank you for the Article sir, At list, I learn something.

    Reply