ट्राफिक कसरी जेनेरेट गर्न सकिन्छ ? कुन माध्यमबाट जेनेरेट गर्न सकिन्छ ?

by Anuj Bhai April 23, 2020

ट्राफिक जेनेरेट गर्ने माध्यमहरु अनलाईनमा धेरै हुन्छन् । जुनसुकै स्तरको ब्यापारिक कम्पनीहरुको ट्राफिकहरु इन्टरनेटको माध्यमबाट खोज्न सक्नुहुन्छ । बितेका अघिल्लो समयमा यसरी ट्राफिक खोज्न सम्भव थिएन । रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरुले विज्ञापन दिएर जसरी परम्परागत ढंगले आफ्नो उत्पादन वा सेवाको लागी ट्राफिकहरु जेनेरेट गर्दथे, ति अनलाइन जस्तो सजिलो र सस्तो थिएन ।

प्रभावकारीताको हिसाबले पनि यो अब्बल थिएन । ति विज्ञापनहरु निश्चित क्षेत्र, निश्चित उमेर, निश्चित कार्यक्षमतालाई लक्षित गरेर प्रचार प्रसार गर्न सकिँदैनथ्यो । त्यो प्रकारको प्रचार प्रसार शैली ज्यादै भद्ध र कम प्रभावकारी हुन्थ्यो । जसको कारण ब्यापारिक कम्पनीहरुको खर्च बढी र ट्राफिक कम हुन्थ्यो । अझै पनि रेडियो, टेलिभिजन, पत्रपत्रिकाहरुलाई विज्ञापन एजेन्सीहरुले राम्रै विज्ञापन दिइरहेको हामीले पाउँछौं । तर, आजको युग डिजिटल युग हो । अबको विज्ञापन कुन उमेर समुहलाई, कुने लोकेशनकालागी, कुन वर्गका मानिस आफ्नो कम्पनीको उत्पादनलाई बेच्न लागेको हो सबै पत्ता लगाएर गर्न सकिने मार्केटिङको जमाना आइसकेको छ । जुन अनलाइन मार्केटिङमा मात्र संभव छ ।

पछिल्लो आँकडा अनुसार नेपालका १ करोड मानिसहरुले फेसबुक प्रयोग गरिरहेका छौं । १ करोड मध्ये कति मानिसहरु कुनै ब्यापारिक कम्पनीको ‘ट्राफिक’ बन्न सक्ने सम्भावना रहन्छ ? त्यसलाई कसरी छनौट गर्ने ? उदाहरणको लागि मोटर साइकल कम्पनीको ‘ट्राफिक’ कुन वर्गको हुन सक्छ ? कुन उमेर समुहको हुन सक्छ ? कुन क्षेत्रका मानिसहरु हुन सक्छन् ?

पक्कै पनि १ करोड नै हुन सक्दैन । कति लाख मानिसलाई मोटर साईकल खरिद गर्ने क्षमता छ ? कुन उमेर समुहका मानिसलाई बढी मोटर साइकल खरिद गर्ने इच्छा हुन्छ ? कुन क्षेत्रका मानिसलाई बढी मोटरसाइकलको आवश्यकता पर्दछ ? यी सबैलाई लक्षित गरेर मार्केटिङ गर्न सकिने अप्शन अहिलेको डिजिटल मार्केटिङले दिएको छ ।

@पुनहिल घुम्न जादा, सन् २०१८ तिर ।

जुन फेसबुक मार्केटिङ, यूट्युब मार्केटिङ जस्तै अन्य धेरै इमेल मार्केटिङहरुमा पाइन्छ । ब्लगिङ, भ्लगिङ जस्ता इन्टरनेटका माध्यमबाट ट्राफिक जनेरेट गर्न सकिने अवस्था छ । यो पाठमा तपाईले बुझ्नै पर्ने कुरा, अनलाइन मार्केटिङमा ‘ट्राफिक’ ज्यादै महत्वपूर्ण पाटो हो । अनलाइन मार्केटिङमा सफल हुन चाहनेको लागि एक नं. विषय नै ट्राफिक हो । ट्राफिक बिनाको अनलाइन मार्केटिङ कल्पना सम्म पनि गर्न सकिँदैन । त्यसैले अनलाइन मार्केटिङ गर्न चाहनेले ज्यादै मिहिन ढंगले ट्राफिकको बारेमा अध्ययन गर्न जरुरी छ ।
मैले अहिले सम्म अमेरिकन कम्पनीको एउटा अनलाइन कोर्ष बेचिरहेको छु । मैले नेपाली बजार भित्रै मार्केटिङ गरिरहेको छु । मेरो महत्वपूर्ण ट्राफिक श्रोत भनेको फेसबुक, युट्यूब, ब्लगिङ हो र इमेल मार्केटिङ पनि हो । मैले फेसबुक, युट्यूब, ब्लग र इमेलबाट जेनेरेट गरेको ट्राफिकसँग डिल गरेर मैले विक्रि गर्ने कोर्षहरु विक्रि गरिरहेको छु । तपाई पनि अनलाइन मार्केटिङ क्षेत्रमा आउन चाहनुहुन्छ अथवा यसमा आफ्नो भविश्य खोज्दै हुनुहुन्छ भने कृपया ट्राफिकको बारेमा अत्यन्तै संवेदनशिल भइदिनुहोला । किनकी यो ज्यादै महत्वपूर्ण विषय हो, अनलाइन मार्केटिङको क्षेत्रमा ।

Social Shares
Anuj Bhai
Anuj Bhai

अनुज भाई सामान्य इन्टरनेटमा काम गर्ने एक मजदुर हुन् । उनी आफुले भोगेका अनुभूतिलाई अरुसंग साट्न मन पराउँछन् । आफुले पाएको सफलताको सानो कहानी आफु जस्तै इच्छुक व्यक्तिलाई सिकाउनमा विशेष चासो दिन्छ । सन् २००९ तिर बाटै इन्टरनेटमा काम गर्ने रहर पलाए पनि उनको सफलता भने सन् २०१६ पछि मात्रै प्राप्त भयो । २०१६ पछि उनी अधिकांश समय आफ्नै घरमा बिताउछन् र निरन्तर इन्टरनेटमै नयाँ शैलीको काम गर्दै रमाउँछन् ।

Related Articles

1 Comments

Leave a Comment

Your email address will not be published. Required fields are marked *

  • Avatar
    बाबुकाजी

    पहिले नै लेखेको ब्लग भएपनि समय सापेक्ष हामी अनलाइन मार्केटिङ मा केही गर्ने भनेर अघि बढेका विध्यार्थीहरुको लागि उपलब्धि मुलुक लेख छ ।धन्यवाद ।।

    Reply