इन्टरनेट मार्केटर बन्ने हो भने यो किताब पढ्नु

मलाई धेरैले एउटै प्रश्न गर्नुहुन्छ, अनलाइन मार्केटिङसँग सम्बन्धित कुनै पुस्तक छैन ? जुन पढेर अनलाइन मार्केटिङ, अनलाइन बिजनेश वा यस्तै विषयमा काम गर्न सहज होस । यस्ता प्र्रश्न गर्नेहरु धेरै जसो अनलाइन क्षेत्रमा आफ्नो करियर खोजिरहेका र अनलाइन मार्केटिङ गर्दै आएका युवाहरु नै धेरै जसो हुनुहुन्छ ।
मैले पनि कुनै समय यसरी नै अनलाइन सम्बन्धि पुस्तक पत्रिकाहरुको सकेसम्म खोजि गर्दथेँ । अहिलको अवस्था सम्म आइपुग्दा सम्म मैले अनलाइनसँग सम्बन्धित पुस्तक, विभिन्न अनलाइन कम्पनीका युट्यूब भिडियोहरु घण्टौं लगाएर हेरेको छु । नेपालमा प्रविधिहरु बाहिरबाट भित्रिने भएको हुनाले नेपाली समाजमा आवश्यक प्रविधिहरुमात्र धेरै भित्रिने भएको हुनाले अनलाइन मार्केटिङ नेपालको सन्दर्भमा नयाँ प्रविधि भएको हुनाले अनलाइनसँग सम्बन्धित पुस्तकहरु नेपाली बजारमा पाउन ज्यादै मुस्किल पर्दछ । नेपालमा अनलाइनसँग मात्र सम्बन्धित पुस्तक त पाउन सकिने अवस्था छैन भन्दा पनि हुन्छ ।
यसको अभावलाई पूर्ती गर्ने एउटै मात्र माध्यम भनेको युट्यूब भिडियो नै हो । मैले जब एफिलिएट मार्केटिङ गर्न थालेँ, मैले धेरैको भिडियोसँगसँगै अनलाइनसँग सम्बन्धित विभिन्न सामाग्रीहरुको संकलन गर्ने र अध्ययन गर्ने गर्न थालेँ । जसले मलाई एक हदसम्म सफल हुन मद्दत ग¥यो पनि । त्यसैको आधारमा म तपाइहरुलाई सामान्य जानकारी दिन गैरहेको छु । सामान्यतय यहि जानकारीले अनलाइनसँग सम्बन्धित बिजनेश वा मार्केटिङ कसरी गर्ने ? कहाँबाट गर्ने ? यसको महत्व के हो ? जस्ता विषयको बारेमा एक हदसम्म तपाइहरुलाई सहयोग पु¥याउन सक्नेमा म विश्वस्त छु ।
Expert Secrete
रसेल ब्रनशनद्वारा लिखित यो पुस्तक हाल बजारमा पाइने अनलाइनसँग सम्बन्धित पुस्तकहरु मध्ये निकै राम्रो पुस्तक हो । ब्रनशनले यो भन्दा अघि डट कम सेक्रेट (Dot com Secrete) बजारमा ल्याइसकेका थिए । ब्रनशन अनलाइन मार्केटिङमा चर्चित र स्थापित नाम पनि हो । उनले धेरै कम्पनीहरुलाई विश्व बजारमा प्रबद्र्धन गरिरहेकाछन् । ब्रशनको आफ्नै कम्पनी क्लि
क फनल मार्फत विश्वका धेरै चर्चित कम्पनीहरुको बजार प्रबद्र्धन गरेर स्थापित भएका हुन् । उनका विभिन्न भिडियोहरु तपाईँहरुले सर्च गरेर हेर्न सक्नु हुनेछ । भलै म ब्रशनको कम्पनीममा एफिलिएट त छैन तर, यो पुस्तकमा उनले आफ्नो जीवनमा गरेका संघर्षका चरणहरु, भोगेका भोगाइहरु साथै उनले देखेका सपनाहरुको बारेमा बुझ्न सकिन्छ । त्यसैले अनलाइन क्षेत्रमा आफ्नो भविश्य खोजिरहनु भएका नेपालीहरुको लागि यो एउटा महत्वपूर्ण र सान्दर्भिक पुस्तक हो ।
यो एमेजोनमा किन्न पाइन्छ । मूल्यको हिसाबले केहि महँगो भए पनि अनलाइन बिजनेश वा अनलाइन मार्केटिङको बारेमा चासो राख्न चाहनेहरुको लागि उपयुक्त सामाग्री हो Expert Secrete । बरु तपाईहरु कसैलाई खरिद गर्न इच्छा भएर अर्डर गर्न असहज भएमा हामी सहयोग गर्न तत्पर छौं । तपाइले अर्डर गरिसके पछि यो पुस्तक नेपाल आइपुग्न २०/२२ दिनको समय लाग्न सक्छ । र यसरी पुस्तक अर्डर गरेर नेपाल सम्म ल्याउँदा यसको विभिन्न चार्जहरु लाग्ने हुँदा वास्तविक मूल्य भन्दा केहि महँगो पर्न जानु स्वभाविक हो ।
यसको सिपिङ चार्ज अलि बढि लाग्ने गरेको हामीसँग अनुभव छँदैछ । यस्तो फिजिकल बुक खरिद गर्न असंभव भएमा एउटा अर्काे तरिका पनि अपनाउन सकिन्छ । त्यो के हो भने, तपाईले आफ्नो मोबाइलमा किण्डल एप्लिकेशन डाउनलोड गरेर त्यसमा डिजिटल बुक पनि तपाइले खरिद गर्न सक्नुहुनेछ । त्यसको लागि पनि तपाईहरुलाई सहयोग चाहिएको खण्डमा म ब्यक्तिगत रुपमा सहयोग गर्न तयार रहेको जानकारी गराउँछु । यद्यपी फिजिकल जस्तो पढ्न सहज र आनन्ददायक नहुन सक्छ । डिजिटल बुक पढ्ने बानी हामी नेपालीहरुलाई छैन । तै पनि सस्तो चाहिँ पर्छ ।
मैले पनि केहि पुस्तकहरु Kindle मार्फत नै पढ्ने गरेको छु । पछिल्लो चरणमा जोन चाओद्वारा लिखित Make Money Online भन्ने पुस्तक पढिरहेकोछु । विशेष गरि अनलाइन क्षेत्रमा काम गर्न चाहनेहरुको लागि ब्रनशन लगायत जोन चाओ, डेन लक, जो हाइटिकेट सेल्सगर्नमा चर्चित ब्यक्तिको रुपमा चर्चामा छन्, ग्राण्ड कार्डन, ताई लोपेज अनि पेङ जोन जस्ता अनलाइन क्षेत्रमा स्थापित र चर्चित ब्यक्तिहरुको युट्यूब भिडियोहरु सर्च गरेर पनि तपाइहरुले अनलाइन बिजनेशको बारेममा धेरै जानकारी लिन सक्नुहुनेछ । उनीहरुको ट्रेनिङहरु हजारौं डलरका भए पनि निशुल्क ट्रेनिङहरु पनि ज्यादै महत्वपूर्ण छन् । पुस्तकमा मात्र सिमित रहेर बिजनेशमा सफल हुन सकिँदैन यद्यपी धेरै ज्ञानहरु पुस्तकमा हुने भएको हुनाले पुस्तक पढेर वा युट्यूब भिडियो हेरेर त्यसलाई ब्यवहारमा उतारेर एउटा सक्षम र सवल ब्यावसायी बन्ने प्रयत्न गरौं ।
Popular Posts