फाइवर कोर्ष के हो ? फाइबर तालिम कसरी अर्डर गर्ने ?

by Anuj Bhai April 20, 2020

प्रगति को गर्न चाहदैन । सबै चाहान्छ नि हैन ? तर कसरी गर्ने र के गर्ने भन्ने बिषय पो महत्वपुर्ण भो त । नेपालमा व्यापार गर्नको लागि सम्भावनाको कुरा प्रबल नै छ । तर पनि राजीतिक अस्थिरताको कारणले उद्यमीहरु व्यापारमा लगानी गर्न र उत्कृष्ट क्षमता भएको यूवा बर्गहरु पनि यहि ठाउँमा काम गरिराख्न मन गर्दैन । तर पनि यि कुराहरुको सम्भावना नै छैन भनेर देशलाई सराप दिइराख्नु पनि त भएन । बिजनेश त गर्नैप¥यो ।

तपाई कुनै बिजनेश गर्न चाहनुहुन्छ भने सर्बप्रथम तपाईलाई सबै भन्दा राम्रो जानकारी चाहिन्छ । तपाई जुनसुकै क्षेत्रमा, एफिलिएट मार्केटिङ, अनलाइन मार्केटिङ अथवा घरमै बसेर अनलाइनको माध्यमबाट गर्न सकिने जुनसुकै व्यापार व्यवसाय सञ्चालन वा काम गर्नको लागि राम्रो जानकारी नभै सम्भव हुँदैन ।

यहि विषयलाई मध्यनजर गर्दै अनुजभाई डटकमले निःशुल्क रुपमा एउटा इम्पावर अनलाइन बिजनेश कोर्ष तयार पारेका छौं । उक्त निःशुल्क जानकारी मुलक तालिम पाउनको लागि तपाईंले सर्बप्रथम अनुजभाई डटकमको एकाउण्ट बनाउनुपर्ने हुन्छ । तपाईले अनुजभाई डटकमको एकाउण्ट बनाउनु भयो भने तपाईले अनलाइन बिजनेश, एफिलिएट मार्केटिङ, अनलाइन मार्केटिङ लगायत घरमै बसेर अनलाइन मार्फत गर्न सकिने विभिन्न कोर्षहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

Join Fiverr Training Course : Click Here 

ती महत्पूर्ण जानकारी पछि तपाइलाई आवश्यक पर्ने घरमै बसेर गर्न सकिन विभिन्न जीवनोपयोगीे बिजनेश ट्रेनिङहरु एकदम न्यूनतम मूल्यमा खरिद गर्न सक्नुहुनेछ । यसैसँग सम्बन्धित समय सापेक्षित, प्लस टु र स्नातक तहमा अध्ययन गर्दै रहनु भएका नेपाली युवाहरुलाई लक्षित गरेर ज्यादै थोरै मूल्यमा आर्थिक हिसाबले ज्यादै फाइदा जनक फाइवर कोर्षहरु हामीले वितरण गरिरहेका छौं ।

फाइवर कोर्ष के हो ?

पछिल्लो समयमा विश्वमा तीव्र गतिमा विकास भएको क्षेत्र भनेको प्राविधिक क्षेत्र नै हो । यहि परिपेक्षमा प्रविधिले मानिसहरुको हरेक क्रियाकलापहरुलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । प्रविधिको विकासले पुराना प्रविधिहरुलाई विस्थापन गर्दै नयाँ–नयाँ शैैली र नयाँ–नयाँ अवशरहरुको सिर्जना पनि गरेको छ । अझ भनौ, प्रविधिले मानिसहरुको शारीरिक श्रमलाई घटाउँदै मानसिक श्रम तर्फ धकेलिरहेको छ ।

यहि प्रविधिको कारण तपाइसँग घरमा इन्टरनेट र कम्प्युटरको सुविधा छ भने घरमै बसेर अनलाइनको माध्यमबाट जीवनउपयोगी विभिन्न तालिमहरु लिएर घरमै बसेर विश्वको कुनै पनि कुनको काम व्यवसायीक रुपमा गर्न सक्नुहुन्छ । घरको एउटा कोठामा बसेर विश्वव्यापि रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ । यहि महत्वपूर्ण कोर्ष हो, फाइवर कोर्ष । दश वर्ष अघि इजरायलका मिका कफमेनले स्थापना गरेको फाइवर कम्पनी अहिले विश्वको अन्य फ्रिलान्सर कम्पनीहरुको तुलनामा धेरै माथि रहेको छ ।

Join Fiverr Training Course : Click Here 

फाइवर कम्पनीमा विश्वका धेरै देशका युवाहरु विशेष गरि नेपाल लगायत एशियाली मुलुकका युवाहरुले एउटा निश्चित विषयमा विज्ञ भएर काम गर्ने अवशर पाइरहेका छन् । विशेष गरि ग्राफिक डिजाइन, भिडियो सम्पादन, वेभ डिजाइन, एप्लिकेशन डेभलभ, कन्टेण्ट मार्केटिङ, भ्वाइस ओभर जस्ता पछिल्लो प्रविधिमा दखल राख्ने युवाहरुको लागि यो ज्यादै ठूलो अवशर हुन सक्छ ।

अनुजभाइ डटकमले पछिल्लो समय नेपालीहरु युवाहरुको सिर्जतशिलता, नेपालको बेरोजगारीको बढ्दो दरलाई लक्षित गरेर ती युवाहरुलाई कुनै पनि एउटा विषयमा दक्ष बनाउने र फ्रिलान्सरको रुपमा रोजगारको अवशर प्रदान गर्न सकिन्छ भन्ने अठोटका साथ यो टे«निङ ल्याएको छ ।

यो कोर्षको मूल्य कम्तिमा सत्तरी हजार रुपैयाँ पर्न जान्छ, तर, हामीले ९५% छुट दिएर नेपालका बेरोजगार युवाहरुलाई अवशर दिइरहेका छौं ।

अनुजभाई डटकमले अन्य माष्टरमाइण्ड कोर्षहरु पनि ल्याइरहेको छ । ती माष्टरमाइण्ड कोर्षको मूल्य आफ्नो ठाउँमा छ । तर, विशेषगरि १८—२५ वर्षका नेपाली युवाहरु जो कुनै पनि अवशरको खोजिमा हुनुहुन्छ उहाँहरुको अवस्थालाई बुझेर यो कार्षको डेभलभ गरेका छौं ।

यो कोर्षमा ग्राफिक डिजाइन, भिडियो इडिटिङ, वेभडिजाइन हामीले समेटेका छौं जुन अहिले बजारमा सबै भन्दा बढि माग भएका प्रजेक्टहरु हुन् । यी तीन मध्ये कुनै पनि एउटा विषयमा दक्ष भएर काम गर्ने अवशर आम नेपाली युवाहरुलाई दिएका छौं ।
यो फाइवर कोर्षसंगै हामीले अनुजभाई डटकमले एफिलिएट मार्केटिङको कोर्ष पनि लिएर आएकाछौं । तपाईको फुर्सदको समयमा एफिलिएट मार्केटिङ सिकेर पनि अतिरिक्त आम्दानी गर्न सक्नुहुनेछ । र एफिलिएट मार्केटिङ गर्नको लागि जहिले पनि अरुको भावना बुझ्ने र सहयोगी भावना हुन अत्यन्तै जरुरी हुन्छ ।

Join Fiverr Training Course : Click Here 

फाइबर तालिम कसरी अर्डर गर्ने ?

Social Shares
Anuj Bhai
Anuj Bhai

अनुज भाई सामान्य इन्टरनेटमा काम गर्ने एक मजदुर हुन् । उनी आफुले भोगेका अनुभूतिलाई अरुसंग साट्न मन पराउँछन् । आफुले पाएको सफलताको सानो कहानी आफु जस्तै इच्छुक व्यक्तिलाई सिकाउनमा विशेष चासो दिन्छ । सन् २००९ तिर बाटै इन्टरनेटमा काम गर्ने रहर पलाए पनि उनको सफलता भने सन् २०१६ पछि मात्रै प्राप्त भयो । २०१६ पछि उनी अधिकांश समय आफ्नै घरमा बिताउछन् र निरन्तर इन्टरनेटमै नयाँ शैलीको काम गर्दै रमाउँछन् ।

Related Articles

2 Comments

Leave a Comment

Your email address will not be published. Required fields are marked *

  • Avatar

    धन्यवाद छ सर फेरि अर्को ब्लग पढ्न पाईयो।यस्तै उत्प्रेरित ब्लगहरु अझै पढ्न पाउने आशा राखेको छु।

    Reply
    • Jiten Mumho
      Jiten Mumho

      Thank you very much sir