पहिलो जागिरको कथा

by Anuj Bhai April 19, 2020

दक्षिण एसिया नेपाल इश्वरले श्रृष्टि गर्नुभएको अति सुन्दर देश हो । यो ठाउँमा असिमित सम्भावनाहरु छन् । तर दुःखलाग्दो राजीतिक अस्थिरताको कारण त्यो सम्भावनाको ढोकाहरु अझै पनि बन्दको बन्दै छ ।

त्यसो त अवसर पाएको खण्डमा नेपालीहरु मेहनत गर्न पछि पर्दैन । यहाँ दुःख गरेर शिक्षा आर्जन गर्नेहरु पनि प्रशष्त छन् तर आफुले आर्जेको शैक्षिक योग्यताअनुसारको अवसर प्राप्त गर्न भने साहै्रै मुस्किल छ ।

मेरो गाउँमा मैले निम्न माध्यमिक पढाई सकाए । त्यसपछि काठमाण्डौ शहरमा सन् २००४ मा आफ्नो स्कुले पढाई सकाउन आए र लगभग २०१० को अन्तिमतिर मेरो स्कुलको सबै तहको पढाईहरु समाप्त भयो ।

अब आफ्नो खुट्टामा आफै उभिन सक्नुपर्छ भनेर अभिभावकहरुले पनि मलाई भन्न थाले । त्यसपछि पो जिबनको संघर्षको कथाहरु सुरु भए ।

सुरुवातमा मेरो संघर्षको पाइला हर्बल प्रडक्टहरु घरघरमा लगेर बेच्ने मार्केटिङ कामबाट सुरु भएको हो । पहिलो चोटी जागिर खान थालेको मेरो जिबनको त्यो रोमाञ्चक दिन अझै पनि ताजा छ । कसरी बेच्ने, कहाँ बेच्ने, के भन्दै बेच्ने त्यो केहि थाहा थिएन मलाई ।

झोलामा कम्पनीका मान्छेहरुले सामान प्याक गरिदिन्थे । अनि म झोला बोकेर शहरको गल्लि गल्लि हिड्थे । आफ्नो सामान बाटोको मानिसलाई देखाउन डर लाग्थयो । डर सँगै एककिसिमको काउकुति लाग्थ्यो ।

Join Elite Version Training : Join Here 

यसरी सुरुमा नबेचि अफिस फर्किन्थे । जसलाई जुस भन्ने गर्दा रहेछन् ।

त्यो कामबाट मलाई केहि उपलब्धीहरु हासिल भएन । काम छाडे । घरैमा बस्न थाले ।

लगभग ११ महिनापछि मैले एउटा पत्रिकामा बिज्ञापन देखे “नेपाली र अंग्रेजी टाइपिङ गर्न जान्नेहरुलाई जागिरको अवसर । सम्पर्क नं …..” ।

मलाई टाइपिङ राम्रो नै आउथ्यो । म त्यो सम्पर्क नं मा फोन गरेर अफिसमा गए ।

गएर त्यो अफिसको मानिसलाई मैले भने “कतै यो हर्बल प्रडक्ट बेच्ने काम त हैन ?”

उनले भने “यो त्यस्तो काम हैन । यो त वेबसाइट भिजिट गरेर कमाउने काम हो । जति धेरै वेबसाइट भिजिट गर्नुहुन्छ । उत्ति धेरै आम्दानी गर्न सक्नुहुन्छ”

म छक्क परे । वेबसाइट मात्र भिजिट गरेर पनि कसरी कमाई हुन्छ ?

बकवास पनि लाग्न थाल्यो । पछि गएर त्यो अफिसको काम सिकाउने इन्स्टिच्युटमा गएर बुझे । त्यहाँ थाहा पाए । त्यो काम ब्लगिङ सम्बन्धि काम रहेछ ।

Join Elite Version Training : Join Here 

त्यसो त जानी नजानी त्यो अघि पनि म ब्लग चलाउने गर्थे तर आम्दानी हुन्छ भन्ने मलाई थाहा भएन । त्यस ठाउँमा म आम्दानी नभए पनि थुप्रै कुराहरु सिक्ने अवसर भो । मलाई मन पर्यो । म त्यहाँ आउने नयाँहरुलाई पनि सिकाउने गर्थे । मेरो त्यो काम देखेर मलाई सिकाउनुहुने त्यहाँका शिक्षकले पढाउने काम पनि दिलाईदिनुभयो ।

त्यो समयमा यस्तो किसिमको कामलाई साह्रै अपत्यारिलो ठान्थे । कसैले पत्याउदैन थिए । त्यो लगभग सन् २०११ तिर ने हुनुपर्छ ।

२/३ बर्षको मेरो समय मैले त्यसरी नयाँ नयाँ ब्यक्तिहरुलाई सिकाउदैमा बित्यो । चाँहे जस्तो सफलता हासिल भएन ।

घरमै बसेर आफ्नो विद्यार्थी साथीहरुलाई पढाउदै । सन् २०१९ नोभेम्बर ।

उमेर बढ्दै गयो । बिस्तारै यथार्थ कुराहरु बल्ल बुझे । त्यसपछि म एमएलएम बिजनेशमा आवद्ध भएर काम गरे । एउटा कम्पनी मा निकै राम्रो मेरो टिम ब्युल्ड भइसकेको थियो । तर पछि गएर कम्पनी स्काम भइदियो । त्यो कम्पनीबाट नि राम्रै आम्दानी भएतापनि केहि पैसाहरु गुमियो । साथीभाई गुमियो । पछि गएर नेपालमा त्यस किसिमको कामलाई इलिगल ठहर गर्यो ।

सन् २०१६ तिर आएर जिबनमा एककिसिमको मानसिक संघर्षहरु सुरुवात भयो । सबै किसिमका कोशिषहरु गरिरहदा पनि चाहेजस्तो सफलता हासिल नहुदा मनमा एककिसिमको उकुशमुकुश पैदा भयो । अब के गर्ने ?

सोचे र आफैलाई प्रश्न गरे “जिबनमा तैले के के उपलब्धी हासिल गरिस् ? अनि के के कुराहरु जानिस् ?”

आफैलाई उत्तर दिए “मैले जानेको अनलाइनमा धेरै सम्भावनाहरु छन् । त्यसमा धेरै सुनौलो अवसर छ । मैले त्यहि गर्नुपर्छ ।”

समस्या थियो । यो ठाउँमा यस्तो कुरा वाइयात हुनेछ । झनै अपत्यारिला हुनेछ ।

Join Elite Version Training : Join Here 

यहाँनेर तपाईहरुलाई एउटा कुरा जोडु । म गीत गाउन शौखिन छु । भलै म राम्रो गायक होइन । धेरथोर गाउने प्रयाश गर्छु । अनि बेलुकीको समयमा म गीत गाउनलाई रेष्टुरेन्टमा काम माग्न जान्थे । मेरो गायन कला देखेर उनिहरुले कम्तिमा मलाई बेलुका गीत गाउने जागिर दिए ।

अर्को महिनाको एकदिनमा त एकै दिन २०० डलर आम्दानी जम्मा भएको देखेपछि बिस्तारै लाग्न सुरु भयो । अनलाईनमा साच्चिकै सम्भवन नै रहेछ ।

त्यो समयमा म दिनको जागिर पनि थियो । जागिरबाट बचेको समयमा मैले समय दिएर । १४ महिनामा लगभग ८००० डलर नेपालमै आम्दानी भएपछि मैल जागिर छोडे र पुरा समय यसमै सिमित राखे । यो सम्बन्धि अझ धेरै कोर्षहरु गरेर सिकेर यसैलाई नेपालमा पनि प्रमोट गर्ने मनाशय आयो ।

म दक्षिण एसियाको एक बिकासन्मुख देशबाट यो अपत्यारिलो काम घरमै बसि बसि गर्छु भन्नु मेरो समाजमा यो  कुरालाई साच्चिकै पत्याउदैनन् ।

तर अन्य बिकसित देशहरुमा यस्तो कुरालाई विशेष प्राथमिकतामा राखेका छन् ।

म मेरो देशको युवाहरुलाई यो कुरा सिकाउन चाहान्छु । म मेरो आफ्नो गवाही हरेकलाइ बाड्न चाहान्छु ।

यहाँहरुले यो मेरो छोटो कहानी सुनिदिनुभएकोमा धेरै धेरै धन्यवाद ।

अहिले म फुलटाइम इन्टरनेट मार्केटरको रुपमा आफुलाई चिनाउन चाहान्छु । तपाई पनि इन्टरनेट मार्केटिङमा रुचि छ , यसमा मेहनत गर्न चाहानुहुन्छ भने म संग जोडिन सक्नुहुनेछ ।

Join Elite Version Training : Join Here 

Social Shares
Anuj Bhai
Anuj Bhai

अनुज भाई सामान्य इन्टरनेटमा काम गर्ने एक मजदुर हुन् । उनी आफुले भोगेका अनुभूतिलाई अरुसंग साट्न मन पराउँछन् । आफुले पाएको सफलताको सानो कहानी आफु जस्तै इच्छुक व्यक्तिलाई सिकाउनमा विशेष चासो दिन्छ । सन् २००९ तिर बाटै इन्टरनेटमा काम गर्ने रहर पलाए पनि उनको सफलता भने सन् २०१६ पछि मात्रै प्राप्त भयो । २०१६ पछि उनी अधिकांश समय आफ्नै घरमा बिताउछन् र निरन्तर इन्टरनेटमै नयाँ शैलीको काम गर्दै रमाउँछन् ।

Related Articles

2 Comments

Leave a Comment

Your email address will not be published. Required fields are marked *

  • Avatar
    बाबुकाजी निरौला

    एकदमै राम्रो लेख छ अनलाइन मार्केटिङ मा केही गर्न चाहनेहरुको लागि सही गाईड गरेको छ।अझै यस्तै अनुभवहरु समेटेको लेखहरु पढ्न पाइरहियोस ।

    Reply
  • Avatar
    Bedraj Rana (राज श्री राणा)

    Great Sir

    Reply