फेरी म ब्लगमै फर्किएँ है त

by Anuj Bhai April 10, 2020

ब्लग लेखन मेरो यो पहिलो पटक त होइन । सन् २००९ तिर नै ब्लगको विषयमा थाहा भयो । यसको महत्वको विषयमा कुरा बुझ्न चाहि निकै समय लाग्यो । जानीनजानी ब्लग लेख्न मैले २०१० बाट सुरु गरे ।
ब्लगिङको अर्थ नबुझ्दै हो, अनुजभाई डट ब्लगस्टप डट कम बाट ब्लगिङ यात्रा सुरु गरेको ।
आफ्नो बारेमा इन्टरनेटमा आउनु, आफ्नो पनि वेबपेज बन्नु, आफ्नो तस्बीर आउनु निकै विशेष लाग्थ्यो । यहि अनुरुप सन् २०१० को आसपासमै प्लस टु अध्ययन गर्ने क्रममा अनलाइनमा काम गर्न सकिने भन्ने विज्ञापन पत्रिकामा देखेँ । त्यहाँ पनि ब्लगको बारेमा नै सिकाइहुने कुरा थाहा पाएँ । १५ सय तिरेर उक्त तालिममा भर्ना भएँ ।


ब्लग बनाउने । २/४ कन्टेन्ट गुगलबाट निकाल्ने । पेस्ट गर्ने । एडसेन्स एप्लाई गर्ने । एप्रुभ हुने । ब्लगलाई प्रमोट गर्ने । पैसा कमाउने । यस्ता यस्तै लहडीमा समय बित्यो ।
तर, साँचो कुरा मैले ब्लग को उपयोग गरी एड्सेन्सको माध्यमबाट चाहिँ कहिल्यै आम्दानी गर्न सकिन ।
एक पैसा कमाउन नसके पनि इन्टरनेटमै काम गर्ने हुटहुटी चाहिँ बढेकै हो । तर यसको विविध विषयहरु सिक्न निकै समय लाग्यो ।
कुरा ब्लगकै गरौ । सन् २०१२ तिर मैले एउटा ब्लग पढ्ने अवसर पाए । त्यो समयमा मैले अत्याधिक पछ्याउने ब्लग थियो । उक्त ब्लग अर्चना श्रेष्ठको थियो । अर्चना श्रेष्ठ डट ब्लगस्पट डट कम
त्यो ब्लगबाट चाहि मलाई ब्लग लेखन निरन्तर हुनुपर्छ भन्ने भइरह्यो । धेरै समसामयीक कुराहरुमा कसरी लेख्ने भन्ने प्रस्तुतिको कुराहरु पनि मैले सिके । ब्लग लेखन वास्तवमै रोचक कसरी बनाउने भन्ने चाहि अर्चना श्रेष्ठबाटै सिकेको हो ।
मैले आजको दिनसम्म अर्चना श्रेष्ठलाई आमने सामने भेटेको छैन । तर यो डिजिटल दुनियाँमा मेरो एक ब्लगिङ गुरु आमा मान्छु उहाँलाई । तर आजकल उहाँले ब्लग लेखनलाई निरन्तर नदिनु भएको २÷३ वर्ष नै भईसक्यो ।
त्यहि समयमा मैले थुप्रै ब्लग बनाउने कुराहरु सिकाउन थालेँ । केहि वर्ष ब्लग कसरी बनाउने भन्ने कुरा नै प्रोफेशनको रुपमा लिन थालँे, पछि छोडेँ ।

इन्टरनेट बाट काम गर्ने हुटहुटी अझै घटेको थिएन । २०१६ को अन्तिमतिर होला मैले एफिलिएट मार्केटिङको बारेमा पहिलो पटक सुनेको । त्यहि बेला मैले जोन चाउ डट कम भन्ने ब्लग निकै पछ्याउने गर्थँे । अंग्रेजी भाषामा भएर बुझ्नलाई केहि हदसम्म कठिन नै हुन्थ्यो तर मैले यो मार्केटिङ पद्धतिको बारेमा त्यहाँ जानकारी पाएँ ।जानी नजानी मैले उनको एउटा तालिममा सहभागीता जनाएँ । त्योपनि अनलाइनकै माध्यमबाट ।

आफ्नै घरमै, आफ्नै कर्ममा व्यस्त छ जीवन । फोटो : अनुजभाई डट कम ।

धेरै कुराहरु सिक्ने अवसर सिर्जना भयो । त्यहि तालिम बाट मैले एफिलिएट मार्केटिङ क्षेत्रमा धेरै सम्भावनाहरु रहेको अनुभव गरेँ । यहि क्षेत्रमा आफ्नो भविश्यको लामो यात्रा तय गर्न सक्ने स्पष्ट गोरेटो फेला पारँे । र म त्यो समयदेखि आजसम्म एफिलिएट मार्केटिङमा निरन्तर छु ।
मेरो एफिलिएट बिजनेशमा सफल हुनुका पछाडि ब्लगको निकै ठुलो हात छ । एफिलेट मार्केटिङ भनेको कुनै कम्पनीको प्रडक्टलाई मार्केटमा बिक्रि गर्ने काम हो । त्यो काम मैले ब्लग मार्फत पनि गरेँ । त्यो समय मैले एउटा ब्लग मुख्य कुरा डट ब्लग स्पट डटकम चलाएँ । त्यसलाई मैले तत्कालिन समयमा अनुजभाई डट कम डोमेन बाटै ब्लग लेखन निरन्तर अगाडि बढाएको थिएँ ।
ब्लगबाट आम्दानी वास्तवमा एड्सेन्स मात्र हैन रहेछ भन्ने कुरा त्यस पछि मात्र थाहा भयो ।
केहि महिना भयो, ब्लगलाई पुनः निरन्तर दिनुपर्छ भन्ने लागेको । आफ्नो नयाँ प्रोजेक्ट काम ले गर्दा समय मिलाउन सकिरहेको थिइन । बल्ल आफ्नो लेखनलाई निरन्तर दिन तपाईहरु माझ अनुजभाई डट कमकै ब्लग बाट शुरु गरेको छु ।
पछिल्ला पुस्ताका उत्साहित, सामाजिक सञ्जालको घेरामा परिसक्नु भएका युवाहरुले यो ब्लगलाई मन पराउनुहुन्छ भन्ने आशा आशा गरेको छु । बिशेष गरी आफ्नो खालि समयलाई कसरी उपलब्धी मूलक बनाउने भन्ने सोँच भएका व्यक्तिहरुलाई यो ब्लग म समर्पण गर्दछु ।

Social Shares
Anuj Bhai
Anuj Bhai

अनुज भाई सामान्य इन्टरनेटमा काम गर्ने एक मजदुर हुन् । उनी आफुले भोगेका अनुभूतिलाई अरुसंग साट्न मन पराउँछन् । आफुले पाएको सफलताको सानो कहानी आफु जस्तै इच्छुक व्यक्तिलाई सिकाउनमा विशेष चासो दिन्छ । सन् २००९ तिर बाटै इन्टरनेटमा काम गर्ने रहर पलाए पनि उनको सफलता भने सन् २०१६ पछि मात्रै प्राप्त भयो । २०१६ पछि उनी अधिकांश समय आफ्नै घरमा बिताउछन् र निरन्तर इन्टरनेटमै नयाँ शैलीको काम गर्दै रमाउँछन् ।

3 Comments

Leave a Comment

Your email address will not be published. Required fields are marked *

  • Avatar

    एकदमै सहि कुरा गर्नुभयो सर । म पनि हजुरबाट प्रभावित भएर ब्लग लेखनमा लाग्दै छु । हजुर पनि निरन्तर अगाडि बढ्नुहोस् शुभकामना ।राम्रो लेख्नुभएको छ गजब लाग्यो । हजुरबाट धेेेरेै कुरा सिक्ने कोसिस गर्दैछु ।

    Reply
    • Jiten Mumho
      Jiten Mumho

      Thank you very much for your first comment for this Blog. I will share lots of tone of valuable information after this.

  • Avatar
    Bhujendra Rai

    i m intrested .

    Reply